मोक्तान परिवारको एल्बम एकैचोटी

Unknown | 04:34 | 0 comments

काठमाडौं– गायिका कुन्ती मोक्तान र छोरीहरु शितल र सुवानी मोक्तानले एक साथ आफ्ना एल्बम सार्वजनिक गरेका छन्। शनिबार राजधानीमा आयोजित कार्यक्रममा गीतकार रत्नशमशेर थापा, राजेन्द्र थापा र शम्भुजित बास्कोटाले संयुक्त रुपमा 'हाम्रो भेट' र 'जुनी जुनीको लागि' विमोचन गरे।

एल्बम 'हाम्रो भेट'मा भोला रिजालको शब्द, कुन्तीको स्वर र शिलाबहादुरको संगीत रहेको छ। कुन्तीको यो १३ औं एल्बम हो। 'जुनी जुनीको लागि' एल्बमका गीतहरु शितल र सुवानी आफैंले तयार गरेका हुन्। उनीहरुको यो तेस्रो एल्बम हो।

नेपाली संगीतमा ३५ वर्ष बिताइसकेकी कुन्तीका यसअघि 'हिट सङ्स अफ कुन्ती सुन्दास', 'कहिलेकाहीँ', 'मायालुलाई' र 'कुसुम' र 'कटेरोे' लगायत एल्बम रिलिज भएका छन् । 'नेपाली संगीतमा राम्रा गायकगायिका आइरहे पनि श्रोताहरुले पुरानामा जस्तो मिठास नभएको गुनासो गरेको सुनेकी छु। आशा छ मेरो एल्वमले उहाँहरुलाई निराश तुल्याउने छैन,' कुन्तीले भनिन्। एल्बममा आधुनिक, शास्त्रीय, लोक र राष्ट्रिय गीतहरु समेटिएका छन्।

'मोक्तान परिवारसँगको सहकार्य रमाइलो लाग्छ। यसपटक गीतहरुमा विविधता भर्ने प्रयास गरेको छु। त्यसैले अल्लारे केटाकेटीले समेत गीत मन पराउने विश्वास छ,' रिजालले भने। एल्बममा १० गीत समावेश छन्।

'नया“ पुस्तामा थुप्रै कलाकार आए पनि अधिकांशले निरन्तरता दिन सकेका छैनन्। तर मोक्तान परिवारले विचलित नभई नेपाली संगीतमा दिएको यो निरन्तरता स्तुत्य छ,' कार्यक्रममा गीतकार रत्नशमशेरले भने।
'गायिका मोक्तानले लोक लयात्मक प्रयासले यसपटक समेत निरन्तरता पाएको छ। मोक्तान परिवारले संक्रमणको अवस्थामा समेत संगीतलाई मााया नमारेको देखेर आनन्द महसुस गरेको छु,' संगीतकार शम्भुजितले भने।

दुवै एल्बमलाई म्युजिक नेपालले बजारमा ल्याएको हो। 'जुनी जुनीको लागि'मा आठ गीत समावेश छन्। 'संगीतमा धेरै कुरा सिक्न बाँकी छ। तर जे सिक्यौं तिनलाई एल्बममा समेट्ने प्रयास गरेका छौं,' गायिका सुवानीले भनिन्। तीन वर्षको अन्तरालमा दुवै एल्बम रिलिज भएका हुन्।

'सिडीलाई अनलाइनबाट बिक्री गर्ने तयारी भइरहेको छ। राम्रा गीतलाई श्रोताले सुन्ने हुँदा गीतको बजार छैन भन्ने कुरामा विश्वास गर्दिन्,' संगीतकार शिलाबहादुरले भने। कार्यक्रममा गायिका मोक्तान परिवारले गीत सुनाए।

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments