कतारमा एक नेपालीको मृत्यु
|
|
उदयपुर- वैदेशिक रोजगारीको सिलसिलामा कतार
पुगेका यहाँका एक युवाको बिहीबार राति अकस्मात मृत्यु भएको छ। जिल्लाको
मध्यवर्ती गाविस रौता ९ सुकौराका २६ वर्षीय खिलबहादुर थापामगरको गएराति
सुतेकै अवस्थामा मृत्यु भएको छिमेकी अप्सरा मगरले बताइन्।
कतारको
अल दाहाइया रियल इस्टेट एण्ड मनिट्रान्स कम्पनीमा कार्यरत मगर दिनभर
ड्युटीमा रहेका थिए। ड्युटीबाट डेरा फर्केका मगर साँझ खाना खाएर सकुशल
सुतेका थिए। तर, बिहान उठ्दा उनी ओछ्यानमै मृत अवस्थामा साथीले फेला पारेको सँगै काम गर्ने सहकर्मी ईश्वर मगरलाई उद्धृत गर्दै मगरले बताइन्।
मृतकको शव पोष्टमार्टमका लागि स्थानीय अस्पतालमा राखिएको छ। उनी छ वर्षदेखि कतारमा काम गर्दै आएका थिए। आफन्त शंकर रिखाममगरका आनुसार ०६४ को एसएलसी दिएलगत्तै उनी रोजगारीका लागि कतार गएका थिए। केही महिनापछि घर फर्कने तयारीमा रहेको सुनाएको दुईसाता नबित्दै उनको मृत्यु भएको खबरले परिवार र आफन्त मर्माहत भएका छन्।

Category: News

0 comments