केदारनाथ बाढीमा चीतवनका नौ तीर्थयात्री बेपत्ता

Unknown | 22:47 | 0 comments

भारतको केदारनाथ, बद्रीनाथलगायत विभिन्न क्षेत्रमा तीर्थयात्राका लागि चितवन नारायणगढसँगै जोडिएको गैँडाकोटबाट गएका नौ जना स्थानीयवासी १५ दिनदेखि बेखबर भएका छन्।

केदारनाथ क्षेत्रमा आएको बाढीलगत्तै उनीहरू बेपत्ता भएको र सम्पर्कविच्छेद भएको स्थानीयवासीले बताएका छन्।

उनीहरूको खोजीका लागि यही असार ७ गते गँैडाकोट–आदर्श गाविस– १ का सात जनाको टोली भारत पठाए पनि कुनै खबर आउन नसकेको स्थानीय एकनाथ चालिसेले बताए।

बेखबर भएकामा गैँडाकोटको किर्तीनाथ चालिसे, उनकी श्रीमती जमुना, छोरा हरिश्चन्द्र, सोही स्थानकै हीरादेवी चालिसे, उनकी श्रीमान् देवनारायण चालिसे र उनकी बहिनी रामकला पौडेल चारधाम गर्न जेठ १९ गते भारत गएका थिए।

त्यस्तै स्थानीय नेत्र पौडेल, उनकी पत्नी विष्णुकला र ईश्वरा लम्साल पनि बेपत्ता भएका छन्। उनीहरूले जगन्नाथ, हरिद्वार र केदारनाथ पुगिन्जेल परिवारका सदस्यलाई सम्पर्क गरेका थिए।

उनीहरूले जेठ २७ गते केदारनाथबाट लाग्यौ अब हामी बद्रीनाथ र ऋषीकेषको बीचमा छौँ भनेका थिए, फोनको कुराकानी सुनाउँदै पार्वती चालिसेले भन्नुभयो, अहिले अत्तोपत्तो छैन।

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments