केकीले भनिन्, ‘राजेश हमालले बिहेको प्रस्ताव गरे सोच्नै पर्छ’

Unknown | 06:17 | 0 comments

नेपाली सिनेमाका चर्चित नायक राजेश हमाल यतिबेला बिहे गर्ने तयारीमा छन् । उनी आफ्नी प्रेमिका मधु भट्टराइसँग बिहे गर्ने तयारीमा जुटेका छन् । राजेश र मधुको बिहेको चर्चाले यतिबेला सिंगो सिने नगरी मै चर्चा कमाएको छ ।तर नेपाली सिनेमाकी चर्चित नायिका केकी अधिकारी भने नायक राजेश हमालले बिहेको प्रस्ताव राखे एकपटक सोच्ने बताउँछिन् ।
अनलाइनखबरसँगको एक विशेष कुराकानीमा केकीले भनिन्, ‘राजेश हमालले प्रस्ताव गरे एकपटक सोच्नै पर्छ ।’ आफ्नो प्रेमी नरहेको बताउने केकी कुनै पनि युवतीलाई जस्तै आफूलाई पनि आफ्नो हुनेवाला श्रीमान् असल होस् भन्ने चाहना रहेको बताउँछिन् । केकी भन्छिन्, ‘म अहिले सम्म प्रेममा परेको छैन तर राम्रो बोल्ने मानिससँग चाडै नै आकषिर्त हुन्छु ।’ मायामा नपरेकी केकीको प्रेमको बिषयमा आफ्नै वुझाई छ । उनी भन्छिन्, ‘जीवनमा कसैसँग प्रेममा परेपछि कोही छ भन्ने अनुभुती हुन्छ ।’ ‘आफ्नो सुख र दुखको कुरा साट्ने साथी छ भन्ने लाग्छ’, केकीले भनिन् । नायिका केकी अधिकारीसँग गरिएको विशेष कुराकानी केही दिनमा अनलाइनखबरमा प्रकाशन हुनेछ ।तलको बक्समा क्लिक गर्नुहोला अनि भिडियो हेर्नुहोस् ।

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments