कोकाकोला र स्प्राइटको बन्द बोतलमा लेदो

Unknown | 02:30 | 0 comments

बोटलर्सको उत्पादन कोकाकोलामा लेदो भेटिनु नयाँ कुरा होईन । बोटलर्सका दुई उत्पादन कोकाकोला र स्प्राइटमा चकलेटको खोल तथा लेदो फेरी भेटिएको छ । काठमाडौंको तीनकुने सुबिधानगरस्थित प्रेमराज देवकोटाको पसलमा डिलरबाट ल्याएको कोकाकोला र स्प्राइटको बन्द बोतलभित्र यस्तो भेटिएको हो । 
डिलरबाट ल्याएको २ सय ५० एमएलको बोतलमा लेदो भेटिएको हो ।

 चकलेटको खोल र लेदो भेटिए पछि कम्पनी माथि आवश्यक छानविन गर्न माग गर्दै राष्ट्रिय उपभोक्ता मञ्चले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा उजुरी दिएको छ । उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने उत्पादक कम्पनीमाथि छानविन र कारवाही हुनुपर्ने मागसहित विभागमा उजुरी दिएको मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले जानकारी दिए ।

कोकाकोलाको उत्पादक कम्पनी बोटलर्स नेपालले यसअघि पनि आफ्ना उत्पादनमा यसकिसिमको लापरवाही दोहोर्‍याउँदै आएको थियो । बोटलर्सको पेय पदार्थको बन्द बोतलमा यसअघि पनि बन्द बोतलमा परागका खोल, चकलेटका खोल, लेदो, फलामको किला भेटिएको थियो ।

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments