राजले किस नगरे सिनेमा फ्लब, करिअर बचाउन किसकै आशा

Unknown | 04:28 | 0 comments

चलचित्र ‘सिलसिला’मा नायक राज तिमिल्सिना र सोनिया केसीले गरेको लिप किसले चर्चा निक्कै पायो । राजको चुम्बन र ‘सागर सरी’ बोलको गीतले सिनेमा सुपरहिट पनि भयो । देशका सामान्य भन्दा सामान्य स्टेशनमा पनि चलचित्रले ५१ दिन मनायो ।तर यसपछि राजले अभिनय गरेका ‘हो यही माया हो’, ‘दलाल’, ‘मन मनै मनपराएँ’, ‘तिमीले दिएको माया’ व्यापारिक रुपमा असफल रहे । ४ वटा चलचित्र निरन्तर असफल भएपछि राज पनि अहिले ओझेलमा परेका छन् । अहिले राजलाई आफ्नो करिअर धान्न नै गाह्रो भएको देखिन्छ । ‘सिलसिला’ जस्तो हिट सिनेमाका नायक चल्न नसक्नु आफैमा दुखको कुरा पनि हो ।

तर राज यतिबेला चलचित्र ‘किन किन’को प्रतिक्षामा छन् । साउन ३२ गतेबाट प्रदर्शनमा आउन लागेको यो चलचित्रमा राजले नायिका शशी खड्कासँग लामो चुम्बन गरेका छन् । चुम्बन आफ्नो लागि लक्की सावित भएको भन्दै राज ‘किन किन’ ‘सिलसिला’ जस्तै चल्ने कुरामा विश्वस्त छन् । चलचित्रमा उनी एक प्लेब्वाई म्यूजिक भिडियो निर्देशकको रुपमा देखिदैछन् ।

राजेश हमाल, शशी खड्का, सुवास थापा, नव नायिका अरुणिमा लामाका साथमा चलचित्रमा नायिका करिश्मा मानन्धरको पनि विशेष भूमिका छ । उकेश दाहालले निर्देशन गरेको यो चलचित्र अहिले सर्वाधिक चर्चामा छ । ‘सिलसिला’मा सोनियासँग चुम्बन गरेर चर्चामा आएका राजका लागि ‘किन किन’मा शशी खड्कासँग खाएको चुम्बन कत्तीको फाप्छ, यो भने साउन ३२ पछि नै थाहा हुनेछ ।

भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोस

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments