बैंकको रकम लुट्ने युवक प्रहरी खोरमा

Unknown | 05:10 | 0 comments

५ असार, सर्लाही । बैंकको रकम लुट्ने कार्यमा संलग्न एक जनालाई प्रहरीले सर्लाहीको लालबन्दीबाट पक्राउ गरेको छ । लालबन्दी–२ बस्ने रवीन्द्र मोक्तानलाई घरमै सुतिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।गत जेठ २९ गते महोत्तरीको गौशालास्थित सहयोगी विकास बैंकबाट रु ५० लाख झिकेर लाँदै गर्दा लुट्ने गिरोहमध्येका मोक्तान पक्राउ परेका इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी नायब निरीक्षक दीपक केसीले जानकारी दिए ।मोक्तानलाई थप अनुसन्धानका लागि महोत्तरी प्रहरीको जिम्मा लगाइएको उनले बताए । ना २ च २७२२ नम्बरको जिपमा रकम लिएर गौशाला बजारमा रहेको बैंकको शाखा कार्यालयतर्फ जाँदै गर्दा गौशाला– ८ नवराजपुरमा नम्बर नखुलेको तीन वटा मोटरसाइकलमा आएका लुटेराले बैंकका क्यासियर नवलकिशोर ठाकुर, गाडी चालक श्रीप्रसाद चौधरी र बैंककै कर्मचारी देवनारायण मण्डललाई नियन्त्रणमा लिई रकम लुटेर फरार भएका थिए ।भिडियो हेर्न यहा किलिक गर्नुहोला

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments