सेक्सी गायीका रिहानालाई तीन अर्ब बढीले हेरे

Unknown | 01:20 | 0 comments

कहिले नग्न तस्वीर खिचाएर त कहिले आफ्नो पुरुष मित्रसँगको लफडालगायतका विषयले चर्चामा आइरहने उनी यसपालि भने युट्युबमा सबैभन्दा हिट कलाकार बनेपछि चर्चाको शिखरमा छिन्। लामो समयदेखि युटयुबमा सर्वाधिक हेरिने महिला सेलिबि्टीको सूचीमा अग्रपंक्तिमा रहँदै आएकी गायिका लेडी गागालाई पछिल्लोपटक गायिकाले नै झट्का लगाइदिएकी छन् ।

२५ वर्षीया यी गायिका प्लस नायिकालाई युट्युबमा ७७ भिडियोका लागि हेर्नेको संख्या ३.७८४ अब रहेको छ। जब कि गायक जस्टिन बिबरलाई ७९ भिडियोका लागि जम्मा २० लाखले मात्रै हेरेका छन्। जस्टिनलाई समेत पछार्दै युट्युबमा सबैभन्दा लोकप्रिय कलाकार बनेकी रिहाना उनको चर्चासँगै दंग पर्न थालेकी छिन् –समाचारमा उल्लेख छ।

त्यस्तै विश्वप्रसिद्ध गायिका साकिरालाई युट्युबमा सर्च गर्नेको संख्या झन्डै २ अर्ब छ। अर्की गायिका लेडी गागालाई भने २ अर्ब ३० करोडभन्दा बढीले हेरेका छन्। एमिनेमलाई भने २ अर्ब ४० करोड फ्यानले युट्युबमार्फत हेरेका छन्। युट्युबमा दक्षिण कोरियाली गायक साईलाई ३ अर्ब १० करोडले हेरेका छन्। उनलाई विश्वप्रसिद्ध गीत गङ्नम स्टाइलका लागि मात्रै यति धेरैले हेरेका हुन्। यही गीत गाएर साई चर्चाको चुलीमा पुगेका थिए।

भिडियो हेर्न तलको बक्समा किलिक गर्नुहोला

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments