भीरबाट खसेको ढुङ्गाले लागेर पर्यटकको मृत्यु

Unknown | 01:36 | 0 comments

माथिबाट खसेको ढुङ्गाले लागेर तनहुँमा एक भारतीय पर्यटकको मृत्यु भएको छ।

जिल्लाको आँबुखैरेनी गाविस वडा नं–७ ऐनापहरा नजिक माथि डाँडाबाट झरेको ढुङ्गा लागेर भारतका ६० वर्षीय रामेश्वर सिंहको मृत्यु भएको हो।
ढुङ्गाले लागेर घाइते भएका सिंहको उपचारको क्रममा भरतपुर अस्पतालमा सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

मुक्तिनाथ दर्शनका लागि सिंहसहित आएका आठ जना भारतीय पर्यटक गाडी रोकेर शीतलमा बस्ने क्रममा एक्कासि माथिबाट आएको ढुङ्गा लागेर उनको मृत्यु भएको थियो।


Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments