भारतले नेपालमा निर्वाचनका लागि ७ सय ६४ वटा गाडी सहयोग गर्ने (भिडियो )

Unknown | 05:23 | 0 comments

काठमाडौं, २५ असार । भारत सरकारले आगामी संविधानसभा निर्वाचनका लागि ७ सय ६४ वटा सवारी साधन उपलब्ध गराउन सहमति जनाएको छ । अन्तरिम निर्वाचन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी र भारतीय विदेशमन्त्री सलमान खुर्सिदको उपस्थितिमा मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित विशेष समारोहमा आयोग र मन्त्रालयलाई सवारी साधन प्रदान गर्नेसम्बन्धी दुई बेग्लाबेग्लै सम्झौतामा हस्ताक्षर भयो । आयोगलाई ४८ र मन्त्रालयलाई ७ सय १६ वटा बाहन उपलब्ध गराउनेसम्बन्धी दुवै सम्झौतापत्रमा अर्थसचिव शान्तराज सुवेदी र नेपालका लागि भारतीय राजदूत जयन्तप्रसादले हस्ताक्षर गर्नुभयो । सोही समारोहमा उहाँहरूले ती सम्झौतापत्र आदानप्रदान पनि गर्नुभयो । सो अवसरमा विदेशमन्त्री खुर्सिदले नेपालमा निर्वाचन मिति घोषणा भएकामा खुसी व्यक्त गर्दै निर्वाचन सफल पार्न भारत जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउनुभएको भेटपछि परराष्ट्र मन्त्रालयका प्रवक्ता अर्जुनबहादुर थापाले पत्रकारलाई जानकारी गराउनुभयो । उहाँले नेपालको लोकतन्त्र, शान्ति प्रक्रिया, राजनीतिक स्थायित्व र समृद्धिका लागि भारतको पूर्ण रुपमा समर्थन र सहयोग रहने दोहो¥याउनुभएको थियो । भेटका अवसरमा नेपालको जलस्रोत र व्यापार प्रवद्र्धनका साथै पारस्परिक हित र द्विपक्षीय चासोका बारेमा छलफल भएको थियो । पुरा भिडियो हेर्नको लागि तलको बक्समा क्लिकगरि हेर्नुहोला ।

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments