धुर्मुश ले मनाए निता ढुंगाना संग सुहागरात

Unknown | 04:24 | 0 comments

सिताराम अर्थात धुर्मुसको त सुन्तली (कुञ्जना घिमिरे)सँग बिहे भइसकेको होइन भन्या ! फेरि अर्को बिहे लौन के गरेको धुर्मुसले ? यस्तै खासखुस चल्दै थियो । यस्तो कुरा नहोस् पनि किन ? धुर्मुस विवाहको पोशाकमा नायिका नीता ढुंगानासँ गफ गर्दै थिए । नीता पनि बेहुली बन्दा धपक्कै बलेकी थिइन् । धुर्मुसको हँसाउने बानी, विवाहको दिन पनि हँसाउन छाडेनन् । हाँस्य कलाकार न परे । उनले केही बोल्दा वरिपरिका सबैजना हाँस्दै थिए । तर, धुर्मुसले केही बोलिसकेपछि छेउमै रहेका दिनेश डिसीले कट भन्दा पो यो सुटिङ पो रहेछ भन्ने पनि धेरै थिए ।

हजुर चलचित्र ६ एकान ६ को सुटिङको प्रसँग जोड्दै छौं । चलचित्रको यतिखेर काठमाडौंमा अनि आसपासका ठाउँमा युद्धस्तरमा छायांकन भइरहेको छ । चलचित्रलाई हास्यकलाकारद्वय दिपारकज गिरी र निर्मल शर्माले बनाइरहेका छन् । चलचित्र ६ एकान ६ का निर्देशन भने सञ्चारकर्मी दिनेश डिसीले गरिरहेका छन् । यो चलचित्रको विशेषता भनेको यसमा यतिखेर चर्चित एवं व्यस्त मानिएका हास्यकलाकारहरुले अभिनय गरेका छन् । चलचित्रमा दिपकराज गिरी, शिवहरि पौडेल, जितु नेपाल, केदार घिमिरे, सिताराम कट्टेल, सुरविर पण्डितका साथमा सन्दिप क्षेत्री लगायतले अभिनय गरेका छन् ।
यी सबै हास्य कलाकारकी एक्ली नायिका भने नीता ढुंगाना बनेकी छन् । पूर्णत हास्यप्रधान चलचित्र ५ एकान ६ की मुख्य सहायक निर्देशक भने दिपाश्री निरौला हुन् । उनले चलचित्रमा अभिनय भने गरेकी छैनन । उनी भन्छिन्, ‘रोल नै निस्केन, तर, अरुलाई सिकाएर अनि दिनेश दाईबाट सिकेर धेरै कुरा जान्दैछु ।’
यता निर्देशक दिनेश डिसी पनि आफ्ना चेला दिपकराज गिरीले बनाएको चलचित्रमा आफूलाई निर्देशन गर्न जिम्मा दिएकोमा खुशी थिए । उनी भन्छन्, सायद गुरुदक्षिणा हुनुपर्छ ।’
तलको भिडियोमा क्लिक गरि हेर्नुहोस त भिडियो मा के के भन्दैछन धुर्मुश 

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments