करिश्माकी छोरी फेसन प्रतियोगितामा

Unknown | 01:02 | 0 comments

काठमाडौं – अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविताले पनि ग्ल्यामर दुनियाँमा आउन इच्छुक रहेको संकेत गरेकी छन्। अमेरिकामा हुन लागेको 'एएनए फेसन एक्स्ट्राभेजेन्जा'मा १८ वर्षीया कविता प्रतिस्पर्धीको रुपमा सहभागी हुँदैछिन्। कविता अध्यनका सिलसिलामा एक वर्षदेखि बाल्टिमोरमा छिन्।

मलाई फेसनमा रुचि छ, त्यसैले यो प्रतियोगितामा भाग लिन लागेकी हुँ। प्रतियोगिताले फेसनप्रतिको मेरो रुचिलाई अझ गहिराइमा लैजाने विश्वास छ,' उनले नागरिकसँग अनलाइन कुराकानीमा भनिन्। समाज विज्ञानमा स्नातक पहिलो वर्षमा अध्ययरत उनले प्रतियोगिताको अन्तिम आठमा छानिएकोमा निकै खुसी लागेको बताइन् ।

'म छनोट भएको कुरा सुनाउँदा बाबा र मामु पनि धेरै खुसी हुनुभयो। परिवारका सबैले साथ दिइरहनु भएको छ,' उनले भनिन्। अमेरिकामा बस्ने नेपालीहरुले गर्ने एएनए कन्भेन्सनअन्तर्गत् यो फेसन इभेन्ट छैटौंपटक हुन लागेको हो।

पूर्व मिस नेपाल माल्भिका सुब्बा, मलिना जोशी, प्रशान्त ताम्राकार र सुमित सिग्देल लगायत निर्णायकले अनलाइनबाट प्रतियोगीहरु छनोट गरेका थिए। 'अमेरिकामा बस्ने युवा पुस्ताका नेपालीहरुलाई फेसनबारे जानकार गराउन प्रतियोगिता गरेका हौं,' आयोजकका अर्जुन केसीले भने।

आउँदो शुक्रबार प्रतियोगिताको फाइनल न्युयोर्कमा हुँदैछ। अमेरिकाका विभिन्न सहरमा बसोबास गर्ने १८ देखि २७ वर्Èसम्मका आठ महिला र आठ पुरुष प्रतियोगितामा छानिएका छन्। विजयीले 'मिस्टर भोग एएनए' र 'मिस भोग एएनए'को उपाधि पाउनेछन्। गतवर्È सुष्मा बोगटी र हरजित चोपडा विजयी भएका थिए।

(भिडियो हेर्न तलको बक्सभित्र क्लिक गर्नुहोस)

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments