तीन करोड धरौटी बुझाउन नसकेपछि डन गणेश लामा जेल चलान

Unknown | 04:17 | 0 comments

काठमाडौ, ३ साउन । गुण्डागर्दी गरेर अवैध सम्पत्ति कमाएको अभियोग लागेका डन गणेश लामासँग विशेष अदालतले ३ करोड रुपैयाँ धरौटी मागेको छ ।

अदालतका अध्यक्ष केदारप्रसाद चालिसे र सदस्यद्वय मोहनरमन भट्टराई तथा भुपेन्द्रप्रसाद राईले इजलासले थुनछेक बहसपछि लामासँग ३ करोड धरौटी मागेको हो ।

फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य समेत रहेका लामा विरुद्ध २७ करोड १ लाख ६१ हजार अवैध सम्पत्ति कमाएको अभियोग छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले लामासहितका ५ डनविरुद्ध जेठ ३ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अदालतले माग गरेको धरौटी बुझाउन नसकेपछि लामा जेल चलान गरिएका छन् ।

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments