२२ लाखको टेलिभिजन नेपालमा

Unknown | 22:07 | 0 comments

काठमाडौं -सबैभन्दा ठूलो टेलिभिजन निर्माण गरेर विश्व रेकर्ड कायम गरेको एलजीको ८४ इन्चको अल्ट्रा एचडी टिभी नेपाली बजारमा भित्रिएको छ। २२ लाख रुपैयाँ मूल्य पर्ने उक्त टेलिभिजन नेपालका लागि एलजीको आधिकारिक बिक्रेता सिजी इलेक्ट्रोनिक्सले बिहीबार राजधानीमा एक कार्यक्रम गरी सार्वजनिक गरेको हो।

नेपाली बजारमा उपभोक्ताहरुले आकर्षक, ठूलो र विभिन्न सुविधा तथा विशेषताको टिभी माग गरेका कारण एलजीको स्मार्ट विशेषतायुक्त ८४ इन्चको टेलिभिजन भित्र्याइएको सिजीले जनाएको छ। घरमै थिएटरको मनोरञ्जन प्रदान गर्ने दाबी गरिएको एलजीको अल्ट्रा एचडी टिभीमा २.२ स्पिकर सिस्टम, स्मार्ट टिभीका गुण, थ्रिडी सिनेमा जस्ता महत्वपूर्ण विशेषता रहेको कम्पनीले बताएको छ।

टेलिभिजन सार्वजनिक गर्दै चौधरी गु्रपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले उच्च गुणस्तरका टेलिभिजन हेर्न चाहने र घरमै थिएटरको मज्जा लिनेहरुका लागि यो टेलिभिजन उपयुक्त हुने बताए। एलजीसँग चौधरी ग्रुपको २५ वर्षको सहकार्यमा उसका सबै मोडल नेपाली बजारमा ल्याएको र विश्वको पहिलो सबैभन्दा ठूलो टेलिभिजन ल्याउँदा झन् खुसी लागेको उनले बताए।

८४ इन्चको ठूलो स्त्रि्कनमा ४२ इन्चको ४ वटा टेलिभिजन बराबर दृश्य आउने यसमा ३८४०/२१६० को रिजोलुसन छ। त्रिपल एक्सडी इन्जिन रिजोलुसनको दृश्य टुडीबाट थ्रिडीमा अनुवाद गर्न मिल्ने विशेषता यसमा छ । डुअल प्ले रहेको टिभीमा रिमोट टु मोडमा पोइन्ट र जेस्चर, थि्र मोडमा ह्विल्स र फोर मोडमा भ्याइसको माध्यमबाट चलाउन मिल्ने सुविधा छ। वाइफाई स्क्रिन सेवा रहेको टिभीमा मोबाइललगायत अन्य डिभाइस र हार्डडिस्क कनेक्सन गरेर हेर्न मिल्ने विशेषता पनि छ। टिभीमा दुईवटा १० वाटको स्पिकर र त्यत्तिकै संख्यामा १५ वाटको उफर छन्। इन्टरनेटको सुविधा रहेको टिभीमा सामाजिक सञ्जाललगायत अन्य वेबसाइट सजिलै चलाउन मिल्ने र ल्यापटप, मोबाइल, ट्याब्लेट र फ्याल्स मेमोरीलाई सजिलै कनेक्ट गरेर प्रयोग गर्न सकिन्छ।

एलजीको यो टिभी चाँडैनै सिजीले राजधानीका ठूला मल र एलजी सप मीनभवनमा प्रचारका लागि राख्ने कम्पनीले जनाएको छ।

पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोस  

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments