सलमान फेरी प्रेममा
|
|
बलिउड नायक सलमान खान एक पटक फेरी नयाँ प्रेमसम्बन्धमा बाँधिएका छन् | भारतीय संचार माध्यमहरुका अनुसार हिजोआज रोमानियन नायिका लुलिया वन्तूरसँग सलमानको हिमचिम बढेको छ | सलमान आफ्नो फुर्सदको अधिकांश समय लुलियासँग बिताइरहेको भेटिन थालेका छन् | सलमान र लुलिया हैदरावाद एयरपोर्टमा समेत सँगै फेला परेका थिए | मिडियामा आउने नकारात्मक गसिपमा औंला उठाइहाल्ने सलमान यति बेला मौन हुनुले पनि उनिहरुबीचको सम्बन्ध साँचीकै स्पेशल भएको टिप्पणी गरिएको छ | कानुनकी विद्यार्थी लुलिया १५ वर्षकै छँदा टेलिभिजनमा कार्यक्रम चलाउन थालिसकेकी थिइन् |
युवतीका लागि चुम्बकजस्ता लाग्ने सलमान र लुलियाको पहिलो भेट सन् २०१० ‘बडीगार्ड’ फिल्मको सुटिङ क्रममा डब्लिनमा भएको थियो | यसअघि रोमानियन फिल्म निर्माता तथा गायक मरिस मोगासँग रिलेसनसिपमा रहेकी लुलिया सन् २०११ मा प्रेमीसँगै भारत घुम्न पनि आउँदा प्रेमीको साथमा सलमानलाई भेटेकी थिइन | त्यसै बेला लुलियाको र मरिसको मनमुटाव सुरु भइसकेको थियो | अब यति बेला पहिलो प्रेमलाई पूर्णतः किनारा लगाइसकेकी लुलियाले सलमानसँग बिहे गर्ने पनि हल्ला सुन्नमा आएको छ | लुलिया उनको मुम्बईस्थित घरमै परिवारसँग घुलमिल पनि भैसकेकिले पनि उनीहरुबीच विवाह हुने पक्कापक्कि जस्तो छ |

Category: News

0 comments