रणवीर र कैटरिनाको रोमान्स

Unknown | 03:40 | 0 comments

बलिउड स्टार रणवीर कपुर र कैटरिना कैफको रोमान्सले यतिबेला बलिउड तातेको छ। ती दुबैको तस्बिर इन्टरनेटमा सार्वजनिक भएपछि उनीहरुको रोमान्सबारे चर्चा हुन थालेका हुन्। सलमान खानसँगको विछोडपछि एक्लिएकी कैटरिनाबारे यसअघि पनि रणवीर कपुरसँग नाम जोडिएको समाचार आएको थियो। दीपिका पादुकोनसँगको विछोडपछि पनि रणवीर कैटरिनासँग नजिकिएको अनुमान बलिउडकर्मीले गरेका छन्।

स्पेन र श्रीलंकामा ती दुबैले छुट्टी मनाएर हालै मुम्बई फर्किएको भारतीय समाचार एजेनसीहरुले जनाएका छन्। स्पेनको समुन्द्री तटमा रातो बिक्नीमा देखिएका कैटरिनासँगै रणवीर पनि देखिन्छन्। मुम्बईमा हालै आयोजित एक अवार्ड कार्यक्रममा उनीहरु दुबै एकसाथ उपस्थित भएका थिए। सन् २००९ मा निर्मित फिल्म 'अजब प्रेम कि गजब कहानी'मा यी जोडी एकसाथ दिएका थिए।

भिडियो हेर्न तल क्लिक गर्नु होला

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments