सामसुङको ग्यालेक्सी एस-४ पड्कियो, घरनै ध्वस्त भएपछि ...

Unknown | 16:19 | 0 comments

चिनमा सामसुङको ग्यालेक्सी एस फोरबाट उत्पन्न भएको आगोले घर नै सखाप पारेको छ। चिनियाँ भाषाको एक ब्लगले ४७ वर्षिय डूको ग्यालेक्सी एस फोरले उनको घर नै ध्वस्त पारेको उल्लेख गरेको हो। उक्त ब्गलले डूले आफ्नो फोनलाई चार्जमा राखेर ‘लभ मसिन’ नाम गरेको खेल खेल्दा मोबाइल पड्केको उल्लेख गरेको छ। मोबाइल पड्केको आवाज आएपछि डराएर डूले मोबाइल सोफामा फालेको र मोबाइलबाट आगोको ज्वाला निस्केर सोफा हुँदै पूरै अपार्टमेन्ट नै जलेको ब्लगमा उल्लेख छ।
सामसुङ ग्यालेक्सी एस फोरबाट उत्पन्न भएको आगोले छोपेको डूको अपार्टमेन्टको आगो निभाउन अग्निनियन्त्रकलाई आधा घण्टा समय लागेको थियो।
आगोबाट डू र उनकी श्रीमती उनीहरुको कुकुरका साथ जोगिन भने सफल भएका छन्। ग्यालेक्सी एस फोरको कारण जलेको घरका मालिक डूले आफूले मोबाइलमा कुनै पनि सस्तो उपकरण नजोडेको बताएका छन्। उनले एक महिना अघि मात्र उक्त फोन किनेका थिए। फोनमा जोडेको चार्जर र ब्याट्री सामसुङ कै र सक्कली भएको ब्लगले उल्लेख गरेको छ। सामसुङ ग्यालेक्सी एस फोरबाट आगो उत्पन्न भएको यो नै पहिलो घटना भने होइन। भिडियो हेर्नुहोस !!!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments