सडक दुर्घटनामा पूर्व मन्त्रि गुरुङ सहित ४ जना घाइते

Unknown | 08:43 | 0 comments

 २० असार, चितवन ।  नारायणगढ मलेखु सडकखण्डअन्तर्गत चितवनको दारेचोकमा आज बिहान भएको सवारी दुर्घटनामा पूर्वमन्त्री किरण गुरुङसहित चार जना गम्भीर घाइते भएका छन् । चितवनको मुग्लिनबाट काठमाडाँै जाँदै गरेको ना२ख ८४२९ नम्बरको ट्रक र विपरीतदिशाबाट आउँदै गरेको ग१च ७९१६ नम्बरको कार एक-आपसमा ठक्कर खाई दुर्घटनामा परेको हो । घाइते हुने अन्यमा कार चालक हेटौँडाका सन्तोष लामा, रमा गुरुङ र बाबु गुरुङ रहेका छन् । उनीहरुको अहिले कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा उपचार भइरहेको छ । ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । रासस 
भिडियो हेर्न तल क्लिक गर्नु होला 

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments