तपाई प्रेमीकाबाट धोका त पाउँदैहुनुहुन्न, विचार गर्नुस् यी कुरा…

Unknown | 00:36 | 0 comments

प्रेम जीवनको एक अभिन्न अंग हो । प्रेम बिनाको जीवन मानिसले कल्पना पनि गर्न सक्दैन । तर, यही प्रेममा धोका, विश्वासघात पनि हुन्छ । यस्ता धोका र विश्वासघातबाट बच्नु पनि अर्को एक चुनौती हो । आफूले मन पराएको मानिसबाटै धोका र विस्वासघात हुन्छ भन्ने विश्वास गर्न पनि त्यति नै गाह्रो हुन्छ । आफ्नी मनपरेकी प्रेमीकाले आफूलाई धोका दिन्छन् भनेर कुनै पनि पुरूषले सोचेका हुँदैनन् । सायद प्रेमीकाबाट सधै माया पाउने आश गर्छन् ।

तर, कहिले काही प्रेमिकाले धोका दिन लागेको समेत पुरूषहरुले पत्तो पाउँदैनन् । स-साना कुराबाट नै प्रेमीकाले आफूसँग धोका दिने काम थालेको कुरा बुझ्न सकिन्छ तर, ती कुराहरूलाइ विचार नगर्दा भविष्यमा प्रेमीकाको धोका र विश्वासघातबाट पिडित हुनुपर्छ पुरूषहरू । यसो त पुरूषले पनि धोका या विश्वासघात गर्दैनन् भन्ने होइन् । तर यहाँ प्रेमीकाले धोका दिन लागेको अवस्थामा प्रेमिकामा हुने परिवर्तनबारे केहि कुराहरूबारे प्रस्तुत गरिँदैछ । थाहा पाँऔ कसरी थाहापाउने प्रेमीकाले धोका दिन लागेको कुरा…

- यदी तपाईको प्रेमीका तपाईसँग भन्दा फोनमा अरु कुनै व्यक्तिसँग गफमा व्यस्त हुन्छिन् र सकेसम्म तपाईबाट टाढा रहेर कुरा गर्न चाहन्छिन् वा फोन आएपछी उनी एकान्त खोज्दै कुनै अर्को ठाऊँमा पुग्छिन् भने यस्तो अवस्थामा प्रेमिकाले धोका दिन लागेको हो कि भन्ने शंका गर्ने ठाऊँ रहन्छ ।
- यदी तपाई उसलाइ फोन या मेसेज गर्नुहुन्छ तर, उनी त्यसको वेवास्ता गर्छिन् भने पनि यसले केहि नकारात्मक सन्देश दिन्छ ।
- यदी तपाईकी प्रेमिका स-साना कुरामा पनि तपाईसँग झगडा गर्छिन् भने पनि उनी तपाईसँग सन्तुष्ट छैनन् या अन्य कसैसँग उनको सम्बन्ध अगाडि बढ्दैछ भन्ने बुझिन्छ ।
- यदी तपाईले प्रेमीकालाई झुठो बोलिरहँदा समात्नु भयो भने पनि यसमा संका गर्ने ठाऊँ रहन्छ ।
- यदी तपाईले आफ्ना मिल्ने साथिहरूसँगको सम्बन्धमापहिले भन्दा केही फरकपना पाउनु भयो भने पनि तपाईका ती साथीहरुले यस विषयमा थाहा पाएको हुन सक्छ र तपाई यस्तो कुरा थाहापाउने अन्तिम व्यक्ति हुन सक्नुहुन्छ ।
- यदि तपाईकी प्रेमीका तपाईबिना कतै बाहिर जाँदैछिन् र उनी पहिले भन्दा आफ्ना हरेक हाउभाउ, लुगा लगाइबारे विषेश ध्यान दिन्छिन् भने पनि त्यसमा शंका गर्ने ठाऊँ रहन्छ ।

पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments