प्रेमीको कुटेर नाक भाचिदिएपछी नायीका पक्राउ

Unknown | 09:23 | 0 comments

नायीका इमा रोबर्ट्सलाई प्रेमी कुटेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । २२ वर्षीय इमालाई अमेरिकन स्टार इभान पिटर्सलाई कुटेपछी प्रहरीले पक्राउ गरेको हो । 

टिएमजेडले दिएको रिपोर्ट अनुसार इमालाई प्रेमीलाई कुटेर घाइते बनाएको देखेका केही व्यक्तिले प्रहरीमा खबर गरेपछी आएको प्रहरीले पक्राउ गरेको हो । एउटा होटेलमा बसिरहेको बेला भएको दुईबीचको झगडाका क्रमा इमाले २६ वर्षीय पिटर्सको नाकबाट रगत निस्किने गरी कुटेकी थिइन् । उनले पिटर्सलाई टोकेको समेत भेटेपछी प्रहरीले उनलाई पक्राउ गरी नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएको केही घण्टापछी प्रहरीले इमालाई छाडेको थियो । 

इमाका प्रेमी पिटर्सले आफुले कुनै केस नगर्ने र सामान्य विवाद हुँदा झुक्किएर यस्तो घटना भएको बताएपची इमालाई प्रहरीले छाडेको हो । उनीहरुले दुईबीचको गलत बुझाईका कारण यस्तो घटना घटेको प्रहरीसमक्ष बताएका थिए ।  नायीका इमा रोबर्ट्सले प्रेमी कुटेको भिडियो हेर्नुहोस !!!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments