अरुलाई प्रोत्साहन दिँदै मूर्तिकार

Unknown | 22:23 | 0 comments

काठमाडौं – कलाकार मेघराज अशेष तिम्सिना कहिले आँखा छोपेर मूर्ति बनाउँछन् त कहिले खुट्टाले नै। 'अपागंता भएकाहरुलाई प्रोत्साहन गर्न यसरी मूर्तिहरु तयार गर्छु,' मूर्तिकार तिम्सिना भन्छन्। इटहरीका उनीले खुट्टाबाट चारवटा मूर्ति तयार गरिसकेका छन्।

दुई दशक नेपाली कलामा बिताइसकेका उनी आँखा छोपेर बुद्धको मूर्ति तयार गरिरहेका छन्। 'राजधानीभन्दा बाहिरपनि कलाकार छन् भन्ने बुझाउने प्रयास गरिरहेको छु,' उनले भने। झन्डै ५ सयभन्दा बढी मूर्ति उनले खोपिसकेका छन्।

'म चित्र पनि बनाउने गर्छु, राजधानीबाहिर बसेर कलालाई प्रोत्साहन गर्न चाहन्छु। यसले मलाई निरन्तरता दिन उर्जा दिन्छ,' उनले भने, 'घरको कान्छो छोरो भएर होला स्कुल जानुभन्दा माटोसँग खेल्ने लत लाग्यो। बिस्तारै ठूलो दाइलाई सहयोग गर्दागर्दै मूर्तिकलातिर रुचि भएको हो।'

नौ वर्षदेखि उनले अपागंता भएका व्यक्तिहरुलाई प्रोत्साहन दिन यसरी मूर्ति बनाउन थालेका हुन्।
'अपागंता भएकाले पनि मूर्ति बनाउन सक्छन्। त्यो सन्देश लिएर इटहरीदेखि रानीवनस्थित ओशो तपोवनसम्म कला प्रस्तुत गरिसकेको छु,' उनले भने।

मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसँग फिल्म 'फिलिम'मा अभिनय गरेका उनले ३२ वर्Èीय उनी गिनिज बुकमा आफ्नो प्रतिभा नाम लेखाउन चाहन्छन्। 'गिनिज बुकमा खुट्टाले मूर्ति बनाउने व्यक्तिको रुपमा नाम दर्ता गर्न चाहन्छु। सरकारले यसमा साथ दिन्छ भन्ने आशा छ,' उनले भने। माटो, ढुंगा, मैन, ढलौट, सिमेन्ट, झिल्ली बोराहरुबाट मूर्ति बनाउने उनी राष्ट्रको नाम राख्न विश्व कीर्तिमानको तयारीमा लागेको बताउँछन्।

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments