काठ तस्करीको आरोपमा रेन्जर पक्राउ

Unknown | 00:10 | 0 comments

विराटनगर, २१ असार । लामो समयदेखि काठ तस्करीमा सहयोग पु¥याएको आरोपमा जिल्ला वन कार्यालय मोरङका रेन्जरसहित दुई जनालाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको छ ।

मोरङको लेटाङस्थित जनसेवा सामुदायिक बनवाट सखुवाको गोलाई काठ ओसारपसारमा सहयोग गरेको आरोपमा रेन्जर मोहम्मद सलाउद्दिन अन्सारी  र लेटाङका हरि निरौलालाई शुक्रवार पक्राउ गरी इलाका वन कार्यालय बेलवारीमा राखिएको छ । पक्राउ परेका निरौला र रेन्जर अन्सारीलाई ५४ क्यूफिट सखुवाको गोलाई काठसहित इलाका प्रहरी कार्यालय लेटाङले पक्राउ गरेको हो ।

मोरङ जिल्लामा विभिन्न सामुदायिक वनबाट व्यापक रुपमा काठ चोरीतस्करी हुन लागेकाले प्रहरीले सुरक्षा सर्तकता बढाएको इलाका प्रहरी कार्यालय बेलवारीका प्रहरी निरीक्षक भूपेन्द्र कार्कीले बताए । इलाका बन कार्यालय बेलवारीका प्रमुख झाले काठ चोरी तस्करी गर्नेलाई नछोड्ने बताए ।

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments