सशस्त्र प्रहरी बाराद्धारा ठूलो परिमाणमा सुपारी बरामद

Unknown | 03:33 | 0 comments

विरगंज ७ साउन । सशस्त्र प्रहरी सिमा सुरक्षा कार्यालय बाराले गएराती ठूलो परिमाणमा अवैध सुपारी नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी सिमा सुरक्षा वेश मटिअर्वाको टोली बाराको बसतपुर ३ पकडीघाट नेपाल भारत सिमानाबाट २ वटा ट्याक्टरमा सुपारी लोड गरी भारत तर्फ लगि रहेको अवस्थामा पक्राउ परेको हो ।
तस्करहरुले गएराती दुईबजे ना २ त ८००५ र ना १ त ६०५ नम्बरको ट्याक्टरमा ६० क्वीन्टल सुपारी लोड गरी गैर कानुनी रुपमा नेपालबाट सिमावर्ती शहर भारतको आदापुरमा लगि रहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरी निरिक्षक कान्छो बस्नेतको नेतृत्वमा गस्तीमा रहेको टोलीलाई देख्नासाथ सुपारी तस्करहरु र ट्याक्टर चालकले ट्याक्टर सहित सुपारी छाडी फरार भएपछि नियन्त्रणमा लिएको सशस्त्र प्रहरी उपरिक्षक कालीदास धौजुले जानकारी दिए ।
ट्याक्टर सहित नियन्त्रणमा लिएको सुपारी आवश्यक कारवाहीको लागि वीरगन्ज भंसार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी उपरिक्षक धौजुले जानकारी दिए ।

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments