''खाजाको प्याकेटभित्र भ्यागुता !''

Unknown | 20:27 | 0 comments

असार,२६ हेटौंडा - हेटौंडा २ वासुदेवमार्गमा बालबालिकाले खाने खाजाको प्याकेटभित्र भ्यागुता भेटिएको छ ।''
सुनसरीको इटहरीमा रहेको न्यू कोसी फुड प्रालिले उत्पादन गरेको खाजामा भ्यागुता भेटिएको स्थानीय कमला रिजालले जानकारी दिनुभयो ।'

आफ्नो पाँच बर्षे छोरालाई खुवाउनका लागि ल्याएको खाजाको प्याकेटभित्र भ्यागुतो भेटिएको उहाँले बताउनुभयो ।'

नजिकैको पसलबाट किनेर ल्याएर छोरालाई खान दिएको थिएँ, उहाँले भन्नुभयो । खाईसक्यो कि सकेन भनेर हेर्न खोज्दा खाजसँगै कालो भ्यागुता भेटियो । उहाँले कम्पनीको लापरबाहीका कारण यस्तो भएको भन्दै कम्पनी सञ्चालकलाई कारबाही गर्न माग गर्नुभएको बुधबार प्रकाशित गोरखापत्र दैनिकमा खबर छ ।'
कम्पनीका सञ्चालक दिनेश शाहले भने आफूहरुको कुनै त्रुटि नभएको दाबी गर्नुभयो । तर घटनाबारे स्पष्ट पारेपछि भने उहाँले भन्नुभयो-’यदि त्यस्तो त्रुटि भएको रहेछ भने माफ गरिदिनुहोला ।’''

हेर्नुहोस भिडियो पनि

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments