कुलेखानीमा पवित्राले हावालाई केही भनेपछि (भिडियो)

Unknown | 23:31 | 0 comments

नेपाली चलचित्रको पाश्र्व गायनमा गायिका संजिवनीको आवाज श्रोताले धेरै मनपराएका छन् । यही लोकपि्रयतालाई ध्यानमा राख्दै चलचित्र ‘राजनीति’को युनिटले पनि गायिका संजिवनीको आवाजमा एक गीत रेकर्ड गराएको छ ।

‘ए हावा’ बोलको गीतमा संजिवनीको कर्णप्रिय आवाज सुन्न सकिन्छ । दिपक सुवेदी र हरी पन्तको निर्माणमा तयार भएको यो चलचित्र भाद्र २८ गतेबाट प्रदर्शनमा आउँदैछ । वसन्त निरौलाले निर्देशन गरेको चलचित्रमा राजेश हमाल, कोमल वली, पवित्रा आचार्य, दिपक सुवेदी, रमेश वुढाथोकीको मुख्य भूमिका छ ।चलचित्रमा अर्जुन पोखरेलको संगीत, शिव ढकालको छायांकन, प्रदिप श्रेष्ठको नृत्य निर्देशन छ । नेपालको राजनीतिक अवस्थालाई चित्रित गरेको यो चलचित्रको ‘ए हावा’ बोलको गीत अनलाइनखबरमार्फत सार्वजनिक गरिएको छ । यो गीतमा नायिका पवित्रा आचार्य र दिपक सुवेदीलाई देख्न सकिन्छ । कुलेखानी र विरगञ्जका रमणिय स्थानमा छायांकन गरिएको गीतले बजारमा राम्रो चर्चा पाउने विश्वास निर्माणपक्षको छ ।

भिडियो प्ले गर्न तल बक्समा डबल क्लिक गरी भित्र जानुहोस्।
 

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments