भोजपुरी फिल्मपछि नेपाली एल्बम

Unknown | 23:13 | 0 comments

काठमाडौं - केही भोजपुरी फिल्ममा गीत गाएपछि बिना रजौरिया फेरि नेपाली एल्बममा फर्किएकी छन्। उनको नयाँ एल्बम 'कोहिनुर २'को काम सुरु भइसकेको छ। उनको 'छोटो फरिया गोरो बदन' बोलको गीत एल्बम रिलिज नहुँदै मिडियामा बजिरहेको छ। सात वर्षअघि 'कोहिनुर' एल्बम निकालेर उनले भोजपुरी फिल्म गाउन थालेकी थिइन्।

'सोहर', 'सजना तु कब ऐब', 'बाबु के खुसी'जस्ता भोजपुरी फिल्मका गीत रेकर्ड गराउन उनी वीरगन्ज, पटना र काठमाडौंमा आउजाउ गरिरहन्थिन्। उनी पटनाको रेकर्डिङ स्टुडियोको सुविधा देखेर प्रभावित छिन्।
उनको एकल एल्बमका गीत भने काठमाडौंमै रेकर्ड भइरहेको छ। 'खर्च र समय वचत गर्न यतै गरेकी हुँ,' उनले भनिन्। पद्मकन्या कलेजमा संगीत पढेकी उनको प्रशिक्षण टुटे पनि रियाज चलिरहेकै छ।

गीतसंगीतप्रति उनको मोह अचम्मको छ। परिवारसँग दुबईमा बस्दा पनि उनले स्थानीय कार्यक्रमहरुमा गजल गाइन्। केही समय फुर्सद मिल्नासाथ उनले कोलकातामा पुगी रियालिटी शो 'सारेगम'को अडिसन पनि दिइन्। ८० हजारबाट ३०० को सूचीमा उनको नाम निस्कियो। त्यसभन्दा अघि बढिनन्। 'हामी त्यहाँ भिड्न एकदम गाह्रो हुँदोरहेछ, एउटा अनुभव चाहिँ मिल्यो,' उनले भनिन्।

दाङमा जन्मेहुर्केकी उनलाई हिन्दी भाषामा गीत गाउन सजिलो लाग्छ रे। त्यहीभएर भोजपुरीमा समस्या भएन। समय मिले फेरि भोजपुरी फिल्मतिर गाउने योजना उनको छ।

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments