गुपचुप बिहे गरेका पतिले कुटेरै गर्भवती श्रीमतीको हत्या गरेपछि

Unknown | 04:22 | 0 comments

गुपचुप बिहे गरेर कोठामा राखेकी श्रीमती गर्भवती भएपछि एक युवकले कुटेरै हत्या गरेका हुन् । उदयपुरका अमरसिंह कार्कीले २० वर्षीया सपना पौडेललाई कुटेर हत्या गरेका छन्। उनले आफ्नै कोठामा हत्या गरी नरदेवीको ढलमा शव फालेका थिए। पौडेल एकाएक गायब भएपछि आफन्तले खोजीका लागि प्रहरीमा दिएको उजुरीका आधारमा कार्कीलाई डेढ महिनापछि पक्राउ गरिएको हो। महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार कार्की र पौडेल एकै होटलमा काम गर्थे। पौडेल डान्सर थिइन्। कार्की भाँडा माझ्थे। दुबैबीच होटलमै चिनजान भयो र प्रेम बस्यो। यसबीच पौडेल गर्भवती भइन्। जेठ ३ गते बेलुका साँढे ९ बजे उनीहरूबीच विवाद भएको थियो। गर्भवती भएकाले पौडेल कमजोर थिइन्। विवादकै क्रममा कार्कीले पौडेललाई कुट्न थाले। कुटाइबाट कार्की अचेत भइन्। होस नखुली उनको मृत्यु भयो। मृत्यु भएको यकिन भएपछि कार्कीले पौडेलको शव बोरामा हालेर आफू बस्ने घरपछाडिको फोहोर फाल्ने ठाउँमा फालेर भागेका थिए। अनुसन्धान अधिकारीका अनुसार उनी पक्राउ परेपछि मात्रै पौडेलको हत्या भएको तथ्य खुलेको थियो। पुरा भिडियो हेर्नको लागि तलको बक्समा क्लिक गर्नुहोला

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments