२५ तला माथीबाट खसेको फलामे छडले टाउको छेडिएपछी…

Unknown | 15:19 | 0 comments

 २९ असार,एजेन्सी। चीनको श्याङडङ प्रान्तको शांघे क्षेत्रमा एक व्यक्तिमाथी दुःखद घट्ना घट्यो। बाटो हिडिरहेका एक चिनियाँ कामदारलाई एउटा अग्लो घरको पच्चिस तल माथीबाट खसेको फलामे छडले टाउकोमा लाग्यो र उनको टाउको नै छेडियो। Liu_Fenghe १८ इ्न्च लामो उक्त फलामे छड लिउ फेन्घें नामक व्यक्तिको टाउकोमा ८ इन्छ भित्र छिरेको थियो। उनिसंगै हिडिरहेका उनका साती झ्याङ भन्छन्-’घटना यति चाँडो घट्यो, मैले के भयो भनेर महसुस गर्नु अघि नै लिउ भुइमा रगाताम्य भएर लडेका थिए। २५ तला माथीबाट खसेको फलामे छडले टाउको छेडेपछी उनलाइ तत्काल अस्पताल पुर्याइयो तर अपेक्षा विपरित लिउ बाँच्न सफल भए। डाक्टरहरुले उनको टाउको शल्यक्रिया गरेर उक्त छड हटाएका थिए। हाल लिउ खतरामुक्त रहेका छन्।

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments