प्रियंका जन्मदिन मनाउँदै, साहिदसँग सुटुक्क मध्यरातमै काटिन् केक
|
|
प्रियंकाले आफ्ना पूर्व प्रेमी शाहिद कपुरसँग केक काटेको बताइएको छ । आमिर खानले आयोजना गरेको पार्टी बिचमै छोडेर प्रियंका शाहिदलाई भेट्न पुगेकी थिइन् । शाहिद र प्रियंका अहिले पनि निक्कै मिल्ने साथी हुन् । प्रियंका शाहिदसँगको प्रेमसम्बन्धमा खुबै खुशी रहेकी थिइन् ।
यसैले पनि प्रियंकाको जन्मदिनका लागि शाहिदले केही दिन अघि बाटै तयारी गरेका थिए । यसैले पनि कटि्रना कैफ, आमिर खान समेत उपस्थित पार्टीलाई बिचमै छोडेर प्रियंका बाहिरिएकी थिइन् ।
पूर्व मिस वल्र्ड प्रियंका चोपडा अहिले बलिउडकै चर्चित नायिकाको रुपमा चिनिन्छिन् । हालै मात्र उनले अभिनय गरेको चलचित्र ‘बर्फी’ले उनलाई अझै चर्चाको शिखरमा पुर्याएको छ । अर्कोतिर प्रियंकाले हालै मात्र एक एल्बम पनि सार्वजनिक गरेर आफूलाई गायनको क्षेत्रमा दह्रो रुपमा उभ्याएकी छिन् । नायिका चोपडालाई हाम्रो तर्फबाट पनि जन्मदिनको शुभकामना ।
|
|
Category: News


0 comments