भट्टराइको राजनीतिमा लुकेको भट्टराईको स्वार्थ ( भिडियो सहित )

Unknown | 09:25 | 0 comments

असार-एकिृत नेकपा माओवादीका उपाध्यक्ष तथा पुर्व प्रधानमन्त्रि डा बाबुराम भट्टराईले सनिबार आफुले पार्टीमा निर्वाह गर्दै आईरहेका सबै पदबाट राजिनामा दिएको घोषणा गरेका छन । एमाओवादीको केन्द्रिय समितिको वैठकमा आफ्नो धारणा राख्दै भट्टराईले पार्टीका सबै सदश्यहरुलाई पद मात्रै चाहेकाले आफुले राजिनामा दिएको बताएका हुन । उनले आज केन्द्रीय समिति बैठकमा आफ्नो भनाइ राख्ने क्रममा आफू उपाध्यक्ष पद त्याग गर्न तयार रहेको बताए। ‘सबैलाई पद चाहिएको छ, म आजैबाट पदत्याग गर्छु र शुन्यबाट सुरु गर्छु,’ भट्टराईको भनाइ उदृत गर्दै एक माओवादी नेताले भने। भट्टराईको राजिनामालाई पार्टीभित्र उनले आफ्ना विश्वाशिलालाई महत्वपुर्ण जिम्मेवारीमा लिनकालागी दबाब सृजनाकोलागी एउटा नाटक रचेको भनेका छन । बाबुरामजीले कुनैपनि हालतमा महराजीलाई महसचिव हुन नदिन चालेको चाल मात्रै हो यो उनकैलागी भविष्यमा घातक हुन्छ एक वरिष्ठ माओवादी नेताले भने । भट्टराईले आफु पदाधिकारिमा बलियो हुन वर्षमान पुनलाई महासचिव, टोपबहादुर रायमाजिmलाई सचिव र पत्नि हिसिला यमीलाई कोषाध्यक्ष बनाउने योजनामा छन । उनको यो योजना पुरा नहुने भएपछि बखेडा बनाउन राजिनामाको नौटंकि रचेका हुन ती उच्च नेताले मुलधार न्युजसंग भने । अध्यक्ष प्रचण्डले हेटौडा महाधिवेसनपछि महासचिव बनाइएका पोष्टबहादुर बोगटीलाई उपाध्यक्षमा बढुवा गरेर कृष्णबहादुर महरालाई महासचिव बनाउने योजनामा छन ।

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments