अब मस्तिस्कको पनि थ्रिडी नक्सा

Unknown | 19:10 | 0 comments

लण्डन– वैज्ञानिकहरुले पहिलो पटक मानिसको मस्तिस्कको थ्रिडी नक्सा बनाएका छन्। यो नक्साबाट विरामीहरुको रोगको गहिराइमा गएर अध्यान गर्न मद्दत मिल्लने अनुमान गरिएको छ। साथै नक्साले भावनाको बारेमा पनि अध्यान गर्न मद्दत गर्ने विश्वास गरिएको छ। 'बिग ब्रेन प्रोजेक्ट' अन्तर्रगत तयार पारिएको मस्तिस्कको थ्रिडी खाकाको लागि ६५ बर्षीय एक महिलाको मस्तिष्कलाई छनौट गरिएको थियो।  
 २० माइक्रोमिटर बाक्लो मस्तिस्कलाई वैज्ञानिकहरुले ७४०० पत्रमा बाँडेका थिए।

अनुसन्धानमा सहभागी मोटि्रयल न्यूरोलोजिकल इन्स्टिच्युटका प्रोफेसर एलन इवासले भनेका छन्- 'आजको विज्ञानले मस्तिस्कलाई जान्न सक्यो।' यो अनुसन्धानले मस्तिस्कको अतिरिक्त शरीरको संरचना बुझ्न ठूलै फड्को मारेको वैज्ञानिकहरुको दाबी छ। दिमागको यो थ्रिडी नक्साले संसारभरका अनुसन्धानकर्ताहरुलाई मस्तिस्कको नयाँ तरिकाले अध्यान गर्नको लागि मद्दत गर्ने विश्वास लिइएको छ। यसबाट भावनाको बन्ने, पहिचान गर्न सक्ने क्षमताको विकास तथा रोगको कारण पत्ता लगाउन मद्दत मिल्नेछ।

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments