कोमलको स्कुटीमा राजेश, ७ लाखको बाइकमा प्रेमिका घुमाउने इच्छा ( भिडियोसहित)

Unknown | 06:03 | 0 comments

७ लाख ४९ हजार पर्ने बाइकमा गायिका कोमल वलीलाई राख्दै गर्दा हमाल निक्कै सुरिएका थिए । सुजुकी बाइकको नयाँ सोरुमको उद्घाटन गर्न काठमाण्डौको थापाथली पुगेका हमालले कोमललाई महंगो बाइकमा राखेका हुन् ।सोरुमको उद्घाटन गरेपछि राजेशले विभिन्न प्रकारका बाइकहरुको अवलोकन गरेका थिए ।
उनको आखा साढे ७ लाख पर्ने बाइकमा गएको थियो । बाइकमा चढ्दै हमालले कोमललाई पछाडी बस्न आग्रह गरे । कोमल पनि के कम राजेशको पछाडी गएर बसी छोडिन् । कोमल जीलाई लिएर यही बाइकमा कतै डेटमा जान त मन छैन भन्ने अनलाइनखबरको प्रश्नमा राजेश हाँसै मात्र केही बोलेनन् ।उनले ७ लाखको बाइकमा प्रेमिकालाई राखेर घुमाउने इच्छा व्यक्त गरे ।
राजेशले भने, ‘बाइक चढ्ने सोख त मेरो पनि छ तर अलिकती छुट पाए त किन्न हुन्थ्यो ।’ उनले प्रेमिकालाई लिएर महंगो बाइकमा डेट जान पाएको सल्लाहालाई सकारात्मक रुपमा लिएको बताए । राजेशको बाइक पछाडी बसेकी गायिका ओली पनि के कम, सोरुममा राखिएको एउटा रातो स्कुटी पछाडी राजेशलाई राखेर फोटो खिचाइन् । फोटो खिचाउँदै गर्दा राजेशले ठट्यौली पारामा भने, ‘यो स्कुटीमा भने कोमल जी को पछि बस्दा खासै डर नलाग्ने रहेछ ।’ घर बाहिर निस्कदा ट्याक्सी या आफ्नो प्राइभेट गाडी प्रयोग गर्दै आएका नायक राजेश हमालले बाइक किनेर प्रेमिकालाई कुदाँए भने अनौठो नमान्दा हुन्छ । भिडियो हेर्नको लागि तलको बक्समा क्लिक गर्नुहोला । 

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments