रोल्पाको जंगलमा एक बोरा भन्दा धेरै विस्फोटक पदार्थ फेला परयो

Unknown | 01:47 | 0 comments

१९ असार, रोल्पा । पश्चिम रोल्पाको गैरीगाउँ-६ मा रहेको थुर्पालेकको धुरी ओडारमा एक बोराभन्दा बढी विष्फोटक पदार्थ फेला परेको छ । जङ्गलको ओढारमा लुकाई राखिएको अवस्थामा विष्फोटक पदार्थ फेला परेको हो । माओवादी पूर्वलडाकुको शिविर गैरीगाउँ तिला सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीले विष्फोटक पदार्थ मङ्गलबार बेलुकी फेला पारेको सशस्त्र प्रहरी सहायक निरीक्षक लक्ष्मण पन्थीले जानकारी दिनुभयो । 
अँध्यारो ओडारमा ७० वटा सकेट बम, भरुवा बन्दुकमा प्रयोग हुने बारुद, बारुद बनाउन प्रयोग हुने दुई बोरा सोडा र डेटोनेटरलाई धमाका दिन प्रयोग हुने पाइप दुई बन्डल फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । विष्फोटक पदार्थ कसले किन राखेको भन्ने अझै खुल्न नसकेको बताइएको छ । बम निष्क्रिय टोलीले निष्त्रिmय पार्नेे तयारी भइरहेको प्रहरी नायब निरीक्षक सरोज पौडेलले जानकारी दिनुभयो । विष्फोटक पदार्थ फेला पारेको स्थान पूर्व माओवादी लडाकुको पाँचौँ डिभिजनअन्तर्गत ज्वार स्मृति बिग्रेडको शिविर रहेकोदेखि एक घण्टाको दूरीमा रहेको बताइएको छ । थुर्पालेक नजिकै दुम्ला गाउँमा युद्धका बेला तत्कालीन शाही नेपाली सेना र माओवादी लडाकुबीच दिउँसै भिडन्त भएकाले त्यसबेला नै लुकाएर राखिएको हुन सक्ने प्रहरीको अनुमान छ । 
भिडियो हेर्न तल क्लिक गर्नु होला

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments