''पूर्व माओवादी लडाकू आजदेखि नेपाली सेना''

Unknown | 02:22 | 0 comments

'नेपाली सेनामा समायोजन रोजेका माओवादीका पूर्वलडाकूहरूले आजदेखि औपचारिक रूमा सैन्य जिम्मेवारी सम्हाल्दै छन् । सातमहिने ‘सैन्य आधारभूत तालिम’ पूरा गरेका अधिकृतबाहेक सिपाही तथा अन्य पदिक तहकाले जिम्मेवारी सम्हाल्न लागेका आजको राजधानीमा खबर छ ।

गत १० मंसिरदेखि मुलुकका विभिन्न वाहिनी कार्यालयमा उनीहरूले तालिम लिँदै आइरहेका थिए । उनीहरूलाई नेपाली सेनाले एक विशेष समारोहका बीच सैन्य जिम्मेवारी सुम्पन लागेको नेपाली सेनाले जनाएको छ । सैनिक प्रवक्ता सहायक रथी सुरेशराज शर्माका अनुसार सिपाही तथा अन्य पदिक दर्जामा रहेका १ हजार ३ सय ५२ जनालाई जिम्मेवारी दिइन लागिएको हो ।''

अधिकृत तहमा छनोट भएकाहरूको भने अझै दुईमहिने तालिम अवधि बाँकी नै रहेकाले अहिले नै जिम्मेवारी दिइने छैन । ‘सपाहीका लागि सामान्यतया नौ महिनाको तालिम अवधि हुने भए पनि उनीहरूलाई फास्ट ट्र्याक विधिअनुसार तालिम दिएर पास आउट गर्न लागिएको हो,’ प्रवक्ता शर्माले भने ।''

नेपाली सेनाले तालिम लिइरहेका पूर्वलडाकूलाई तालिम गराउँदा ‘समायोजन सैन्य’ नामकरण गरेको थियो । नेपाली सेनाले माओवादी सशस्त्र द्वन्द्वका समयमा सेनामा भर्ना हुन चाहनेहरूलाई पनि यसैगरी फास्ट ट्र्याक विधिबाट तालिम दिएर सेनामा प्रवेश गराएको थियो । शुक्रबार आयोजना गरिने विशेष समारोहमा उनीहरूले सेनामा प्रवेश गर्दा दिनुपर्ने अन्तिम ‘दलेल कवाज’ प्रदर्शन गर्नुपर्नेछ । त्यस्तै, अन्य परेडहरू पनि प्रदर्शन गर्नुपर्ने प्रवक्ता शर्माले जानकारी दिए ।'

नेपाली सेनाले तालिम लिइरहेका पूर्वलडाकूलाई तालिम गराउँदा ‘समायोजन सैन्य’ नामकरण गरेको थियो । नेपाली सेनाले माओवादी सशस्त्र द्वन्द्वका समयमा सेनामा भर्ना हुन चाहनेहरूलाई पनि यसैगरी फास्ट ट्र्याक विधिबाट तालिम दिएर सेनामा प्रवेश गराएको थियो । शुक्रबार आयोजना गरिने विशेष समारोहमा उनीहरूले सेनामा प्रवेश गर्दा दिनुपर्ने अन्तिम ‘दलेल कवाज’ प्रदर्शन गर्नुपर्नेछ ।'' 

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments