५ खर्ब १७ अर्ब २४ करोडको बजेट, कर्मचारीको तलब १८% वृद्धि - Nepal Budget 2071 -

Unknown | 13:03 | 0 comments

५ खर्ब १७ अर्ब २४ करोडको बजेट, कर्मचारीको तलब १८% वृद्धि - Nepal Budget 2071 - काठमाडौं, २९ असार । सरकारले आगामी आवका लागि पाँच खर्ब १७ अर्ब २४ करोडको बजेट प्रस्तुत गरेको छ । मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी तथा मन्त्रिपरिषद्का सदस्यको उपस्थितिमा आइतबार साँझ आव २०७०/७१ को आय व्यय (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री शङ्करप्रसाद कोइरालाले विनियोजित रकममध्ये चालु खर्च तीन खर्ब ५३ अर्ब ४२ करोड छुट्याइएको बताउनुभयो । त्यसैगरी उहाँले पुँजीगत खर्च ८५ अर्ब १० करोड र वित्तीय व्यवस्थातर्फ रु ७८ अर्ब ७२ करोड विनियोजन गरिएको जानकारी दिनुभयो । नयाँ बजेटअनुसार विकासनिर्माणका कार्यक्रम कार्यान्वयनका लागि दुई खर्ब ४१ अर्ब ५८ करोड र साधारण प्रशासनतर्फ दुई खर्ब ७५ अर्ब ६६ करोड विनियोजन गरिएको छ । आगामी आवका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये राजस्वबाट तीन खर्ब ५४ अर्ब ५० करोड, साँवा फिर्ता प्राप्तिबाट पाँच अर्ब ५० करोड र वैदेशिक अनुदानबाट ६९ अर्ब ५४ करोड बेहोरिने छ । यसरी बेहोर्दा न्यून हुने ८७ अर्ब ७० करोड वैदेशिक ऋणबाट ४३ अर्ब ७० करोड जुटाइने आजको बजेट वक्तव्यमा उल्लेख छ । बजेट वक्तव्यअनुसार राजस्व परिचालन र वैदेशिक सहायता परिचालन गर्दा पनि न्यून हुने रु ४४ अर्ब आन्तरिक ऋणबाट पूर्ति गरिनेछ । बजेटले आगामी आवमा आर्थिक वृद्धिदर ५.५ प्रतिशत हुने प्रक्षेपण गरेको तथा मुद्रास्फीति दर आठ प्रतिशतमा सीमित राख्ने अनुमान गरेको छ । काठमाडौं, २९ असार । सरकारले आगामी आवका लागि पाँच खर्ब १७ अर्ब २४ करोडको बजेट प्रस्तुत गरेको छ । मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी तथा मन्त्रिपरिषद्का सदस्यको उपस्थितिमा आइतबार साँझ आव २०७०/७१ को आय व्यय (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री शङ्करप्रसाद कोइरालाले विनियोजित रकममध्ये चालु खर्च तीन खर्ब ५३ अर्ब ४२ करोड छुट्याइएको बताउनुभयो । त्यसैगरी उहाँले पुँजीगत खर्च ८५ अर्ब १० करोड र वित्तीय व्यवस्थातर्फ रु ७८ अर्ब ७२ करोड विनियोजन गरिएको जानकारी दिनुभयो । नयाँ बजेटअनुसार विकासनिर्माणका कार्यक्रम कार्यान्वयनका लागि दुई खर्ब ४१ अर्ब ५८ करोड र साधारण प्रशासनतर्फ दुई खर्ब ७५ अर्ब ६६ करोड विनियोजन गरिएको छ । आगामी आवका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये राजस्वबाट तीन खर्ब ५४ अर्ब ५० करोड, साँवा फिर्ता प्राप्तिबाट पाँच अर्ब ५० करोड र वैदेशिक अनुदानबाट ६९ अर्ब ५४ करोड बेहोरिने छ । यसरी बेहोर्दा न्यून हुने ८७ अर्ब ७० करोड वैदेशिक ऋणबाट ४३ अर्ब ७० करोड जुटाइने आजको बजेट वक्तव्यमा उल्लेख छ । बजेट वक्तव्यअनुसार राजस्व परिचालन र वैदेशिक सहायता परिचालन गर्दा पनि न्यून हुने रु ४४ अर्ब आन्तरिक ऋणबाट पूर्ति गरिनेछ । बजेटले आगामी आवमा आर्थिक वृद्धिदर ५.५ प्रतिशत हुने प्रक्षेपण गरेको तथा मुद्रास्फीति दर आठ प्रतिशतमा सीमित राख्ने अनुमान गरेको छ ।

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments