दुई लाख डलर तिरेमा क्यानडाको PR Visa पाउन सकिने

Unknown | 06:11 | 0 comments

 टोरोन्टो । क्यानडाको क्यूबेक सरकारले आगामी अगष्ट १ तारिखदेखि लागू गर्न लागेको क्यूबेक इन्भेष्टर प्रोग्राम (Quebec Investor Program) अन्तर्गत कुनै पनि व्यापार व्यवसायको व्यवस्थापक वा सो भन्दा माथिल्लो तहमा काम गरेका व्यक्तिहरुले क्यानेडिएन डलर दुई लाख तिरेर सपरिवार क्यानडाको Permanent Resident (PR) भिसा पाउन सकिने देखिएको छ । अगष्ट १ तारिखदेखि १६ तारिखसम्म मात्र खुल्ला रहने उक्त इन्भेष्टर प्रोग्राम अन्तर्गत जम्मा १ हजार ७५० वटा मात्र आवेदन लिइने क्यूबेक सरकारको वेभसाइटमा जनाइएको छ, भने आवेदन शुल्क १० हजार क्यानेडियन डलर तोकिएको छ । उमेर वा भाषिक ज्ञान नभएको व्यक्तिहरुले पनि उक्त इन्भेष्टर कार्यक्रम मार्फत सपरिवार क्यानडाको PR भिसा पाउन सक्ने जनाइएको छ । तथापि उक्त प्रोग्रामको लागि योग्य हुनको लागि निम्नलिखित हुनु जरुरी छः १) १६ लाख क्यानेडियन डलर बराबरको सम्पत्ति हुनुपर्ने, जुन सम्पत्ति कानूनी तवरले आर्जन गरेको हुनु जरुरी छ । सम्पत्ति वा जायजेथामा जग्गा जमिन, व्यापारमा लगानी, बैंक व्यालेन्स, आदिलाई मानिनेछ । बाबु बाजेबाट आर्जेको सम्पत्ति समेतलाई कानूनी तवरले कमाएको मानिनेछ । २) बिगत ५ बर्ष भित्रमा कम्तीमा दुई बर्ष कुनैपनि व्यपार व्यवशाय वा सरकारी निकायहरुमा मेनेजर वा सो भन्दा माथिल्लो तहमा बसेर काम गरेको हुनुपर्नेछ । जस्तो कि आफौ वा अरुको कम्पनीको मेनेजर, सरकारी निकाएको अफिसर, अदालतको न्यायधिस, प्रहरी अधिकृत, आदि लगायतको व्यवशायमा कम्तिमा दुई बर्ष काम गरेको हुनुपर्नेछ । ३) क्यानडाको क्यूबेक सरकारद्धारा तोकिएको बैंकमा ५ बर्षको लागि ८ लाख क्यानेडियन डलर जम्मा गर्नुपर्नेछ । उक्त पैसा ५ बर्षमा जस्ताको तस्तै फिर्ता आउनेछ, तर ब्याज भने पाइने छैन । तर ८ लाख डलर जम्मा नगरीकन २ लाख डलर क्यानडाको बैंकलाई ५ बर्षको ब्याजस्वरुप बुझाएमा भने उक्त बैंकले नै ८ लाख डलर लगानी गर्नेछ । तर उक्त २ लाख डलर बैंकलाई व्याजस्वरुप बुझाइएकोले सो रकम फिर्ता हुने छैन । माथि उल्लेखित कुराहरु पुर्‍याउन सकेमा जो कोहीले पनि एक बर्षभित्र क्यानडाको PR भिसा पाउन सक्ने देखिएको छ । क्यानेडियन इम्मिग्रेशन सल्लाहकार मिलन कार्कीका अनुसार क्यानडामा गएर आफ्नो रिटायर्ड जिन्दगी बिताउन चाहने वा आफ्नो परिवारलाई सुरक्षितसँग क्यानडामा बसोवास गराउन चाहने नेपालीहरुका लागि यो सुवर्ण मौका रहेको देखिएको छ । उनले भने, “नेपालको दिनानुदिन बिग्रँदो अवस्थाले गर्दा धेरै नेपाली व्यापार व्यवसायी वा पैसावालाहरुलाई यहाँ आफू र आफ्नो परिवारको सुरक्षित जिन्दगी दिनको लागि साह्रैनै गाह्रो रहेको देखिएको छ । यस अबस्थामा यस प्रकारको सजिलो उपायबाट क्यानडाको Permanent Residency भिसा पाउनु भनेको धेरै नै ठूलो मौका हो ।” दुई लाख डलरमा क्यानडाको Permanent Resident भिसा लिनु धेरै महँगो भएन र भन्ने प्रश्नमा श्री कार्कीले बताए, “मान्छेको जिन्दगीमा सबैभन्दा महत्वपूर्ण आफू र आफ्नो परिवारको सुरक्षित भबिष्य हो । आफै सुरक्षित रहन सकिएन भने वा आफ्नो परिवारलाई सुरक्षित भविष्य प्रदान गर्न सकिएन भने चाहै हामीसँग जतिसुकै पैसा भएता पनि त्यसको कुनै महत्व रहँदैन ।” एभरेष्ट इम्मिग्रेशन एण्ड लिगल सर्भिसेज नामक कम्पनी नेपालमा बिगत ८ बर्षदेखि संचालन गरी सयौंको संख्यामा नेपालीहरुलाई क्यानडाको PR भिसा दिलाउन सफल भएका श्री कार्कीले उक्त क्यूबेक इन्भेष्टर प्रोग्राममार्फत आवेदन लिन सुरु गरेका जानकारी दिएका छन् । बिदेशमा रहेका नेपालीहरुलाई नेपालमा लगानी गराउनको लागि नेपाल सरकारले प्रोत्साहन गरि रहेता पनि बिग्रंदो राजनैतिक कारणले देश पुनः संकटतिर गुज्रिरहेको र शान्ति सुरक्षाको अवस्था झन झन जटिल बन्दै गइरहेको अवस्थामा नेपालका धनाढ्ययहरु यसरी भारी मात्रामा पूँजी लगानी गरी क्यानडाको Permanent Resident भिसा लिँदैनन् भन्न सकिँदैन । भिडियो हेर्नुहोस् 

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments