गठे मंगल पर्व आज मनाइदै

Unknown | 23:37 | 0 comments

२१ साउन, काठमाण्डौं । नेवार समुदायमा प्रचलित गठे मंगल पर्व आज मनाईदै छ । श्रावण चतुदर्शीका दिन मनाईने यो पर्वलाई घण्टाकर्ण चर्तुदशी पनि भन्ने गरिन्छ ।

यस दिन दुष्ट आत्मा र भूतप्रेत पन्छाउन घर सफा सुग्घर गरी राक्षसीस्वरुपको घण्टाकर्ण दहन गर्ने चलन छ ।

गत वर्ष पर्व मनाउँदाको फायल तस्वीर
दिनभर ठड्याईएको नर्कटबाट निर्मित गठेमंगल घाम अस्ताएपछि टोलबासीलाई छ्वालीको चिराग समात्न लगाई तीन पटक परिक्रमा गराई ढालेपछि त्यसैमा बसाई नदिमा लगेर बिर्सजन गर्ने परम्परा छन् ।

धान रोपी सकिएपछि घर भित्रका दूषित किटाणु, उपियाँ, उडुस भगाउन धुप बालेर धुँवा पठाउने गन्छि । जसबाट किटाणु भाग्ने जनविश्वास रहि आएको छ ।

राजधानीको इन्द्रचोक, म्याँपी लगायतका स्थानमा बिधिबतरुपमा गठा मंगल ठड्याउने चलन छ ।

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments