बहिनीको बिहेका लागि कटरिनाले लिइन् छुट्टी

Unknown | 09:57 | 0 comments

बलिउड अभिनेत्री कटरिना कैफले आफ्नो फिल्मी कामबाट छुट्टी लिएर लण्डन पुगेकी छिन् । लण्डनमा कटरिना आफ्नी बहिनी नताशाको विहेको तयारीका लागि व्यस्त हुँदैछिन् । नताशाको विवाह आगामी महिना लण्डनमा हुँदैन । विवाहको पूरै तयारीको जिम्मा जेठी दिदी कटरिनाको काँधमा छ । बहिनीको विवाहको पहिरन देखि लिएर परिकार सम्मको निधो गर्ने जिम्मा कटरिनाले लिएकी छिन् । समाचार अनुसार कटरिना बहिनीको विहेको कुराले निकै उत्साहित छिन् । उनले बहिनीको बिहेको पहिरनका लागि मुम्बइमै डिजाइनरसँग कुराकानी गरेकी थिइन् ता की समयमै ड्रेस तयार भएर लण्डन पुगोस् र विवाहका बेला कुनै हैरानी नहोस् । स्मरण रहोस् कटरिनाकी बहिनी नताशा आभुषणकला सम्बन्धि काम गर्छिन् । भिडियो हेर्नुहोस् 

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments