अब पानी रङको प्रवर्द्धन
|
|
काठमाडौं - चुनौती मानिने पानी रङबाट आजभोलि त्यति चित्र बनाइँदैन। यो विधि हराउन लागेको चिन्ता गर्दै ट्रान्सप्यारेन्ट वाटर कलर सोसाइटी नेपालले सामूहिक प्रदर्शनी गरेको छ। 'वाटर कलर इन टाउन' शीर्षकमा पानीरङमा नयाँ आयाम थप्न प्रदर्शनी गरेको बताइएको छ।
'चुनौती छ, काम गर्दा मज्जा पनि आउँछ,' कलाकार ज्योतिप्रकाश बिकेले भने। उनले थपे, 'पानी रङ नेपालमा हराउँदै गएकोले रियालिस्टिक एप्रोचबाट आइरहेका छौं। बिस्तारै अमूर्ततिर जाने कोशिस गर्नेर्छौं।' पानी रङबाट बनाइएको चित्रमा कलाकारको खुबी देख्न सकिन्छ। एकपटक लगाएपछि रङलाई सच्चाउन नसकिने भएकोले यो चुनौती बनेको कलाकार बताउँछन्। बिग्रियो भने धेरै पेपर खर्च हुने हुनाले यो विधि थोरैले मात्र अपनाइएको हुनसक्ने बिके अनुमान लगाउँछन्।
प्रदर्शनीमा राखिएका चित्रमा पशुपति, बटौली (बुटवल), चर्खामा धागो कात्दै गरेकी महिला, बालिका बोकेकी किशोरी, पुल लगायतका ल्यान्डस्केप र पोट्रेट दृश्यचित्र उतारिएका छन्। कलाकारले काठमाडौंभित्रकै प्राकृतिक दृश्यलाई स्थान दिएका छन्। 'वाटर कलरमा काम सकेपछि आत्मसन्तुष्टि बढ्छ। हराउँदै गएको विधिलाई हामी अन्य देशमा चिनाउन चाहन्छौं,' सोसाइटीका अध्यक्ष डिराम पाल्पालीले बताए। अन्तर्राष्ट्रिय वाटरकलर सोसाइटीसँग तादात्म्य गरेको उनले बताए। केही दिनमै टर्कीका कलाकारसँग पानीरङबाट बनाइएका चित्र एक्सचेन्ज प्रदर्शनी हुनेछन्।
पानी रङमा नेपालीको अपनत्व हुन नसकेको कलाकार राधेश्याम मुल्मी बताउँछन्। 'नेपालमा पानी रङमा प्रकृतिको नक्कल गरिएको छ, आफ्नोपन ल्याउन सकिएको छैन,' मुल्मीले भने। गोंगबु क्षेत्रको दृश्य उतारिएको चित्र देखाउँदै भने, 'चित्र कति स्पष्ट देखिएको छ। हेर्दै हिलो लाग्लाजस्तो।'
हातबाट बनेका पेपर, क्यानसेन पेपरमा पानी रङले चित्र बनाइन्छ। मिथिला आर्त ग्यालरीमा राखिएका चित्र पानी रङबाट बनाइएका हुन्। चित्र हेर्दै गरेका कला समीक्षक मुकेश मल्ल प्रभावबाट कलाकारले चित्र बनाएको बताए। प्रकृतिमा जे देखिन्छ तुरुन्त उतार्न सक्ने खुबी भएकाले मात्र यो रङ चलाउन सक्ने मल्लले बताए। सन् १८७२ देखि पानी रङबाट चित्र बनाउन सुरु भएको पाइन्छ। नेपालमा रामानन्द जोशीले ल्यान्डस्केप सुरु गरेको मानिन्छ।
'यो विधिमा भिन्न दृश्य समाउनुपर्छ। झुन्ड्याइएका चित्र देखाउँदै अपूरा, पूर्णता नपाएजस्तो देखिन्छन् तर, पानी रङको विशेषता भएको' मल्लले बताए। हराइसकेकालाई पुनर्जीवित गरेकामा खुसी लागेको उनले सुनाए। एक्रेलिक, अयल माध्यमबाट बनाइका भन्दा पानी रङकै चित्र बढी बिक्ने उनले बताए।
अनिता खनाल, भीमबहादुर श्रेष्ठ, डिराम पाल्पाली, इशान परियार, ज्योतिप्रकाश बिके, केशवराज खनाल, महेश आचार्य, एनबि गुरुङ, सन्त हिताङले संयुक्त प्रदर्शनी गरेका हुन्। थाइल्यान्डका राजदूत कान थोङ उलाकुलले उद्घाटन गरेको प्रदर्शनी भदौ १४ मा सकिँदैछ।

Category: News

0 comments