पुनम पाण्डे दर्शकले जे चाह्यो त्यही नगर्ने सोचमा
|
|
मुम्बइ — कहिले निर्वस्त्र हुने चेतावनी त कहिले सलमान खान र म लुगा खोल्न चाहन्छौं भनेर चर्चामा आइरहने पुनम पाण्डेको पहिलो फिल्म नशा औसत सफल भएको छ। पहिलो फिल्मको सफलतासँगै पुनम पनि नयाँ कामको तयारीमा जुटेकी छन्।
उनले भनेकी छिन्- 'नशामा भन्दा केही फरक गर्न चाहन्छु।' नशाको रिलिज हुनुभन्दा पहिला पुनम भन्ने गर्थिन्- 'म दर्शकले जे चाहन्छन् त्यही गर्छु।' नशाको सफलतासँगै पुनमको स्वर बदलिन थालेको हो। पुनमले पर्दामा परम्परागत भारतीय पहिरनमा देखिने रहर गरेको बताइएको छ। अर्थात् पुनम अब एक भारतीय पारिवारिक नायिकाको रुपमा देखिन खोज्दैछिन्।
उनलाई बदल्न प्रेरित गर्ने चिज के हो भनेर चाहिँ कसैले भन्न सकेका छैनन्। लेखक अजीत राजपालले पुनमको लागि एक स्क्रप्ट तयार गरेको चर्चा पनि छ। सो स्क्रिप्टमा पुनमलाई फरक भूमिकामा प्रस्तुत गर्न लागिएको छ। पुनमको नयाँ भूमिका दर्शकहरुलाई मन पर्छ वा पर्दैन त्यसका लागि भने केही समय कुर्नै पर्ने हुन्छ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Category: News

0 comments