पूर्व प्रधानमन्त्री मरिचमानलाई श्रद्धाञ्जली (फोटोफिचर)

Unknown | 09:05 | 0 comments

पूर्व प्रधानमन्त्री मरिचमान श्रेष्ठको पार्थिक शरीरमा श्रद्धाञ्जली दिन उनको निवास धापासीमा राखिएको छ।

नेपाल सरकारले श्रेष्ठलाई आज सरकारी सम्मानसहित आज ५ बजे अन्त्येष्टी गर्ने भएको छ । अन्तरिम चुनावी मन्त्री परिषदको आजको बैठकले  श्रेष्ठको शवयात्राको क्रममा बन्दुक झुकाउँने र आर्यघाटमा प्रहरी निरीक्षकको टोलीले बन्दुक पड्काएर सलामी सहित अन्तिम बिदाइ गर्ने निर्णय गरेको छ । सिंहलाई अन्तिम श्रद्धाञ्जली दिन अन्तरिम मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मी, एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेता बाबुराम भट्टराई, नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधव कुमार नेपाल, नेकपा–माओवादीका सचिव देव गुरुङ लगायतका नेता पुगेका छन् ।

बिहीबार दिउसो ४ बजेसम्म सिंहको पार्थिव शरीरमा श्रद्धाञ्जलि दिने र  ५ बजेको अन्तिम संस्कार गरिने सिंहको परिवारले बताएको छ । जफोक्सोको क्यान्सर रोगबाट पीडित श्रेष्ठको बिहीबार बिहान ३ बजे काठमाडौंस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments