अपहरणपछि इन्जिनियरको हत्या,टाउको नभएको शरीर फेला,तीनजना पक्राउ(भिडियोसहित)

Unknown | 05:54 | 0 comments

दुई सातादेखि हराइ रहेका ललितपुर लक्ष्मीस्थाथानका इन्जिनियर लक्ष्मीकान्त मिश्रको अपहरणपछि हत्या भएको पुष्टी भएको छ । ५५ वर्षिय मिश्रकोटाउको आइतबार फेला परेपछि उनको हत्या भएको प्रहरीले पुष्टी गरेको हो । उनको टाउको नभएको शरीर मनियारी वडा नम्बर ६ मा साउन १८ गते फेला परेको थियो ।हत्या अभियोगमा प्रहरीले वीरगन्जमा तीनजना अभियुक्तलाई पक्राउ गरेको छ । साउन ११ गते आदर्शनगरस्थित होटल कैलाशबाट चेक आउट गरेका मिश्रको सोही दिन हत्या भएको प्रहरीले जनाएको छ ।परवानीपुर बाइपास रोड नजिक पुगेपछि घाँटीमा पासो लगाएर हत्या गरेको प्रहरी अनुसन्धानका क्रममा खुलेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले हत्यामा संलग्न पर्सा भवानीपुर ६ निवासी राधेश्याम सिंह, भवानीपुर ४ का लालबिहारी राउत कुर्मी र भवानीपुर ६ का किरानी बनियाँलाई पक्राउ गरेको छ । यीमध्ये सिंह पूर्व प्रहरी हुन् भने लालबिहारी २०५९ सालमा पर्साको सबैठवामा भएको डकैतीको घटनामा मुख्य अभियुक्तका रुपमा चारवर्षको जेल सजाय भोगी सकेका अपराधी हुन् । हत्याको घटनामा संलग्न अर्का अभियुक्त ४० वर्षिय मुटुक सिंह फरार छन् । थप रोचक भिडियो हेर्न तलको भिडियो बक्समा क्लिक गरि हेर्नुहोस भिडियो हेर्न तल क्लिक गर्नु होला भिडियो हेर्नुहोस्

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments