घर लिलामीको सूचना छापिएपछि घन्टौ रोएँ- रामकृष्ण ढकाल

Unknown | 04:14 | 0 comments


कुनै बेला सडकमा गीत गाउँदै हिड्ने गायक रामकृष्ण ढकाल गीत संगीतबाटै करोडपति बने । तर, पछिल्लो समय उनी फेरी सडकमै झरेको चर्चा चल्न थालेको छ ।

 भैंसेपाटीमा रहेको उनको घर लिलामीको सूचना पत्रिकामा छापिएपछि उनी फेरि सडकमै आइपुगेको हल्ला चल्न थालेको छ । आफ्नो हैसियतभन्दा बढि खर्च गर्ने, फेरी-फेरी गाडी चढ्ने र महंगो घरमा बस्ने शौखका कारण उनी धरासायी भएको टिप्पणी हुने गरेको छ । शुक्रबार प्रकाशित साप्ताहिकलाई अन्र्तवार्ता दिंदै उनले घर लिलामी भएपनि आफु सडकमा आइ नसकेको र अझै आफुसंग पर्याप्त सम्पत्ति भएको दावी गरेका छन् । आफुले भर्खरै कियाको नयाँ स्र्पोटेज गाडी किनेको र हात्तिगौडाको घर पनि रहेको भन्दै ढकालले भने- अहिले पनि मेरो स्टाण्डर्ड घटेको छैन । हात्तिगौंडाको घर हुँदाहुँदै आफन्तको नजिक बस्न एक सहकारीको अनुरोधमा दुई करोडमा घर किनेको जानकारी दिंदै उनले सहकारीले बदनियतपूर्ण ढंगले आफ्नो बेइज्यती गरेको बताए । मासिक ३ लाख रुपैयाँका दरले पाँच बर्षमा पैसा चुक्ता गर्ने सर्तमा घर लिएको भएपनि नियमित आम्दानी घट्दा पैसा तिर्न नसकेको उनले स्वीकारे । तर, सहकारीले घर दिंदा पनि नियम मिचेर दिएको र पछि लिलामीको सूचना निकाल्दा पनि बदनाम गर्ने उद्देश्य राखेको उनले बताए । ७० लाख रुपैयाँ माया मारेर अहिले भैंसेपाटीको घर छाडेर हात्तिगौडामा बस्न लागेको ढकालले बताए । आफुले ७० लाख रुपैयाँ माया मारेर घर दिंदा पनि सहकारीले ब्याज मिलान गर्ने भन्दै ५६ लाखको कागज गराएको भन्दै जिल्ला अदालत पाटनमा अब उप्रान्त कुनै सूचना ननिकाल्ने भनी गरेको समझदारी सहकारीले भंग गरेको र अदालत तथा आफ्नो दुवैको मानहानी गरेको दावी गरे । एक घण्टा रोएँ पत्रिका सूचना निस्किएका बेला आफु कार्यक्रमका लागि बेल्जियममा रहेको ढकाल बताउँछन् । ‘राष्ट्रिय गीतको म्युजिक भिडियोको सुटिङ गर्ने कार्यक्रम थियो, पत्रिकामा सूचना आएको थाहा पाएपछि सुटिङ रद्द गरेर एकान्तमा गएर धक फुकाएर रोएँ ।’ ढकाल भन्छन-’ढकाल भन्छन-’बिदेशको ठाउँमा कसैले मलाई चिन्ने कुरा पनि भएन । एक घण्टा रोएपछि मन हलुका भयो ।’ गीत संगीतबाटै जीवन चल्ने नदेखेपछि ढकालले रेष्टुँरा ब्यबसाय सुरु गर्ने योजना बनाएका छन । ‘सधैं यहि गतिमा गायनबाट आम्दानी नहुन सक्छ, बिदेशमा कार्यरत केही साथीभाईसंग मिलेर एउटा राम्रो रेष्टुँरा खोल्दैछु’ ढकालले भने-’अरु ब्यबसायका योजनाहरु पनि आएका छन, त्यसको निम्ति अध्ययन गरिरहेको छु ।’रामकृष्ण को आफ्नै बोलीमा के के भन्दै छन् भिडियो हेर्नको लागि तलको बक्स मा क्लिक गर्नुहोस 

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments