सारापोभा सर्वाधिक कमाइ गर्ने महिला

Unknown | 09:06 | 0 comments

पेरिस – बढी आम्दानी गर्ने महिलाको शीर्ष १० स्थानमा टेनिस खेलाडीको बाहुल्यता छ। फोब्र्सले मंगलबार सार्वजनिक गरेको बढी आम्दानी गर्ने महिलाको सुचिको शीर्ष चारमा टेनिस खेलाडी रहेका छन्। पुरुष र महिला खेलाडीको आम्दानीमा ठुलो अन्तर देखिएको छ।

रसियाकी मारिया सारापोभा सर्वाधिक आम्दानी गर्ने महिला बनेकी छिन्। उनले सन् २०१२ को जुन देखि यो बर्ष जुनसम्म २ करोड २९ लाख अमेरिकी डलर आम्दानी गरेकी छिन्। दोस्रो स्थानमा अर्की टेनिस स्टार सेरेना विलियम्स छिन्। उनको आम्दानी २ करोड ५० लाख छ। तेस्रोमा रहेकी चिनिया खेलाडी लि नाले १ करोड ८२ लाख तथा बेलारुसकी भिक्टोरिया अजेरेन्काले १ करोड ५७ लाख कमाइन्।

डेनमार्ककी टेनिस खेलाडी कारोलिन वाज्निकी वरियता क्रमको सातौंमा रहेकी छिन्। उनको बार्षिक आम्दानी १ करोड ३६ लाख अमेरिकी डलर छ । पोल्यान्डकी अग्नेस्का राडवान्स्का ७४ लाखका साथ आठौं र एना इभानोभिच ७० लाखसहित नवौं स्थामा छिन्।

अमेरिकी डानिका प्याट्रिक १ करोड १५ लाख डलर आम्दानीसहित पाँचौं तथा दक्षिण कोरियाकी किम युना १ करोड १४ लाख डलरका साथ छैटौं स्थानमा छिन् । अमेरिकी गल्फ खेलाडी पाउला क्रिमर ५५ लाख डलरका दसौं स्थानमा छन्।

फोब्र्सले महिला र पुरुष खेलाडीको आम्दानीमा ठुलो अन्तर रहेको प्रकाश पारेको छ। विश्व नम्बर १ गल्फर टाइर उड्सले पछिल्लो एक बर्षमा ७ करोड ८० लाख कमाएका छन्। लस एन्जल्स लेकर बास्केबल स्टार कोवे ब्रायन्टले आउदो सिजनमा ३ करोड ५ लाख कमाउँदा महिलातर्फ सबैभन्दा बढी पारिश्रमिक लिनेले १ लाख ७ हजार अमेरिकी डलर पाउनेछिन्।

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments