दार्जीलिङमा नेपालीपछि स्थानीय टीभी प्रसारणमा प्रतिबन्ध
|
|
२६ साउन, काठमाडौं । भारतको दार्जीलिङमा गोरर्खाल्याण्ड आन्दोलन चर्किँदै जान थालेपछि आफूलाई लोकतन्त्रवादी दाबी गर्ने ममता ब्यानर्जीको पश्चिम बंगाल सरकारले स्थानीय टेलिभिजन केबलमाथि प्रतिवन्ध लगाएको छ । दार्जिलिङका स्थानीय केबुलमा प्रतिबन्ध लगाइएपछि जनताले समाचार हेर्न नपाएको रसूचनाको अधिकार हनन भएको भन्दै त्यहाँका सञ्चारकर्मीहरु रुष्ट बनेका छन् ।
नेपाली भाषाको भारतीय पत्रिका हिमालयन दर्पणले ‘खबर पाउने अधिकारबाट जनता बञ्चित’ शीर्षकमा समाचार लेखेको छ । स्थानीय प्रशासनले राति केबुल प्रसारणमाथि जबर्जस्ती रोक लगाएको समाचारमा उल्लेख छ ।
हिमालयन दर्पणका अनुसार दार्जिलिङमा केबुल प्रसारणमा त्यसरी प्रतिवन्ध लगाइएको यो पहिलो घटना हो । समाचारमा जनाइएअनुसार नेपाली भाषाको बाहुल्य रहेको दार्जिलिङमा यसअघि नै भारत सरकारले नेपाली टेलिभिजन प्रसारणमा रोक लगाइसकेको छ । त्यसैगरी एकदशक अगाडि स्थानीय टेलिभिजनमा दिनहुँ एक/एकवटा चलचित्र देखाइँदै आएकोमा त्यसमाथि पनि प्रतिबन्ध लगाइएको थियो । नेपालीभाषाका साथै दार्जिलिङमा पाकिस्तानी टेलिभिजन च्यानमाथि पनि प्रतिबन्ध लगाएको गुनासो दार्जीलिङबासीले गर्दै आएका छन् ।
नेपालमा खल्लमखुल्ला, भारतमा प्रतिबन्ध
भारतले नेपाली बाहुल्य रहेका क्षेत्रमा नेपाली भाषाको टेलिभिजनमाथि प्रतिबन्ध लगाए पनि नेपालमा भने सबैखाले भारतीय टेलिभिजनहरु निर्वाधरुपमा प्रसारण भइरहेका छन् । यसैवीच भारतले त्यहाँका केबुल कम्पनीहरुलाई निर्देशन दिँदै दार्जीलिङबाहेक अन्यत्रसमेत नेपाली टेलिभिजन प्रसारण रोक्न निर्देशन दिइसकेको छ । नेपाली भाषाका टेलिभिजनले भारतविरोधी भावना फैलाएको भारतीयहरुको आरोप छ ।
आन्दोलन जटिल बन्दै
अलग गोर्खाल्याण्डको माग गर्दै शुरु भएको अनिश्चितकालीन दार्जीलिङ बन्द भएको एकसाता बितिसकेको छ । आन्ध्र प्रदेशबाट तलंगानालाई अलग राज्य बनाउने भारतीय तयारीसँग गोर्खाल्याण्ड आन्दोलन चर्किएको हो ।
|
|
Category: News


0 comments