रामलीलामा आइटम डान्ससँगै ऐश्वर्याको कमब्याक

Unknown | 06:11 | 0 comments

बलिउड अभिनेत्री ऐश्वर्या रायका फ्यानहरुका लागि केही विशेष खबर छ । छोरी पाएसँगै बलिउडबाट हराएकी ऐश्वर्या अब बलिउडमा कमब्याक गर्दैछिन् । उनी सामान्य हिसाबमा पुनरागमन गर्ने मूडमा छैनिन् । साँच्चीकै धूम मच्चाएर आउँदैछिन् । ऐश्वर्या एक विशेष डान्स नम्बरका साथ बलिउडमा कमब्याक गर्न लागेकी हुन् ।
ऐश्वर्यालाई बलिउडमा कमब्याक गराउन मनाउने अरु कोही होइन । उनै संजय लिला भन्साली हुन् जोसँग ऐश्वर्याले यसअघि पनि धेरै काम गरिसकेकी छिन् । हो, ऐश्वर्या संजयको आगामी फिल्म रामलीला मा विशेष नृत्यका साथ प्रस्तुत हुनेछिन् ।
यद्यपि यसबारेमा भन्साली क्याम्पले मुख खोलिसकेको छैन । तर समाचार अनुसार ऐश्वर्या रामलीलाको डान्स नम्बरका लागि राजी भैसकेकी छिन् । उक्त स्पेशल डान्सका लागि धेरै ठूलो तथा राम्रो सेट समेत डिजाइन गरिसकिएको छ । यो डान्सको शुटिङ आगामी अगष्ट २६ मा सुरु हुनेछ । दश दिनमा मात्र उक्त गीतको शुटिङ सकिनेछ ।
स्मरण रहोस् ऐश्वर्याले भन्सालीको साथ देवदास तथा दिल दे चुके सनम जस्ता फिल्म गरिसकेका छन् । यसमा यी दुइको ट्युनिङ खुबै मिलेको थियो ।
पुरा भिडियो हेर्न तलको बक्स मा क्लिक गर्नुहोस

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments