Home �
Tv Show
� News 21 August 2013
Unknown |
04:40 |
0
comments
काठमाडौं, ५ भदौ । मेरो पनि आँखा जान्छ नयाँ नयाँ चिजमा
नयाँ लुगा किन्नु पर्यो यसपालीको तीजमा
म कस्ती भए छु र, खिच्देउ एउटा फोटो
ए साहु जी लामो लामो कपडा बिक्दैन आजकल
देखाउ छोटो छोटो………
रत्नपार्कको एक सिडी पसलमा घन्किदै गर्दा सुनेको तीज गीतका केही हरफहरु हुन् । यो गीत कसले रचेका हुन् र कसले स्वरमिलाएका थिए त्यो मलाई हेक्का भएन । हिन्दू नारीहरुको महान चाडका रुपमा चिनिएको तीज पर्व आउन अझै धेरै समय बाँकी नै छ । तर जेठको अन्तिम सातादेखि नै टेलिभिजन र रेडियो हरुमा तीज गीतका प्रोमोहरु तछाड मछाड गर्दे घन्कीरहेका छन् । राजधानीका ठूला घरानाका परिवारहरु एकमहिना अघिदेखि नै दर खाने बाहनामा वल्लो घर र पल्लो घर गर्दे भोजनमा ब्यस्त छन् । यसैको सिको अहिले राजधानी बाहेक अन्य सहरतर्फ पनि सर्दे छ । कुनै समय पुरुषहरु जुवामा ब्यस्त हुन्थे महिलाहरु घरधन्दामा । तर अहिले महिलाहरु एक महिनाअघि देखि नै दर खाने निम्तो मान्न प्याक भइसकेका छन् । हुन तः समय बदलिएर पनि होला । तर जति नै समय बदलिएपनि , परिवर्तनका रेखाहरु जति नै नजिक सर्दे आएको भएपनि यी दुवै स्वभावहरु सामाजिक विकृति नै हुन् । यही पर्वसंग जोडिएर गीतहरु बन्ने क्रम नौलो होइन । जतिनै बेलादेखि तीज पर्व मान्न सुरु भयो त्यसै बेलादेखि समय सन्दर्भ र सामाजिक परिवेश अनुसारका गीतहरु बन्दै आएका छन् । अहिलेको समय २१ औं शताब्दीमा चक्कर लगाइरहेको छ ।
Category:
Tv Show
About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!
0 comments