Record 6.2kg baby born naturally in Spain

Unknown | 04:09 | 0 comments

एक जना बेलायती नागरिक महिलाले स्पेनमा ६ किलो २० ग्रामको बच्चा जन्माएकी छिन् । त्यो बच्चा स्पेनमा जन्मिएको अहिलेसम्मकै सबैभन्दा ठूलो बच्चा हो । जसको तौल नवजात शिशुको औषत तौल भन्दा दोब्बर छ । उनले कुनै शल्यक्रिया विना प्राकृतिक प्रसुति मार्फत छोरी पाएकी हुन् । त्यो भिमकाय छोरी पाउने महिलाको नाम म्याक्सिम म्यारिन हो ।

कोस्टा ब्लांकास्थित म्यारिना स्यालुड अस्पतालमा ४० वर्षकी म्यारिनले किर्तिमानी छोरी पाइन् । अस्पतालका अनुसार आमा र छोरी दुबैको स्वास्थ्य राम्रो छ । उनका श्रीमान कोलम्बियाली मूलका हुन् । उनीहरुका यसअघि नै ३ वटा सन्तान जन्मिइसकेका छन् । स्मरण रहोस् युरोपमा अहिले किर्तिमानी बच्चा पाउने लहड नै चलेको छ । अघिल्लो महिना जर्मनीमा एक जना महिलाले ६.११ किलो तौलको बच्चा पाएकी थिइन् ।भिडियो हेर्नुस 

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments