Home �
Tv Show
� Sajha Sawal-Fraud in Health Check-up of Migrant Nepali Workers
Unknown |
00:45 |
0
comments
साझा सवाल: वैदेशिक रोजगारमा जानेको स्वास्थ्य जाँचमा हुने ठगी
sajha sawal bbcदेशको अर्थतन्त्रको एक चौथाई हिस्सा विदेशमा काम गर्नेहरुले पठाएको पैसा अर्थात् रेमिट्यान्सले धानेको छ । गाउँका प्रत्येक जसो घरको कम्तीमा एकजना सदस्य खाडी मुलुक, कोरिया वा मलेसिया जस्ता देशमा कामका लागि गएकै भेटिन्छन । जसरी हुने खाने घरका लागि छोराछोरी युरोप, अमेरिका वा अष्ट्रेलिया जानु गौरवको कुरा हुन्छ, सामान्य परिवारका लागि खाडी मुलुक वा कोरिया कामका लागि जानु त्यस्तै सामाजिक प्रतिष्ठाको विषय हुन्छ । विगतमा साझा सवालमा हामीले वैदेशिक रोजगारीका बारेमा केही कार्यक्रमहरु गर्यौंि । विदेशमा काम गर्न जानेहरुका बारेमा सम्झदा धेरैलाई दाङका बीरबहादुर बुढामगरको सम्झना आउँछ, जसलाई साझा सवालले गएको चैतमा कतारको मरुभूमिमा भेटेको थियो ।
बीरबहादुर अहिले पनि कतारकै मरुभूमिमा छन् । करिव १३ वर्ष अघि अन्तिम पटक कतार पुग्दा उनी स्वास्थ्य परिक्षणमा फेल भए । त्यसपछि नेपाल फर्किनु भन्दा उनी गैरकानूनी रुपमा उतै बसे । बीरबहादुर मात्र हैन, नेपालबाट स्वास्थ्य परीक्षण गराउँदा स्वस्थ देखिइ विदेशमा अस्वस्थ भइ उतै गैरकानूनी रूपमा बस्ने वा स्वदेश फर्कने नेपालीहरूको संख्या उल्लेख्य छ । आज हामी साझा सवालमा वैदेशिक रोजगारीमा जानेहरुको स्वास्थ्य परीक्षणका बारेमा कुराकानी गर्नेछौं । वैदेशिक रोजगारका लागि स्वदेशमा स्वस्थ भनी विदेश पठाइएका नेपालीहरू किन अस्वस्थ भनी फर्किन्छन् त? साझा सवालको यो छलफलमा का लागि वैदेशिक रोजगारमा जोडिएका व्यवसायी, रोजगारीबाट फर्किएर आएकाहरु, स्वास्थ्य परीक्षण गर्ने व्यवसायी, डाक्टरलगायत गरी करिव ७० जना सहभागीको अगाडि प्यानलमा वैदेशिक रोजगार विभागका महानिर्देशक विनोद केसी र नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष बलबहादुर तामाङ हुनुहुन्छ ।
Category:
Tv Show
About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!
0 comments