२ करोड दिदा पनि पूनमले किन रुचाइनन् सलमानको ‘बीग बोस’ ?
|
|
आफ्नो सेक्सी छविको कारण चर्चामा आइरहने
मोडल पूनम पाण्डेलाई ‘बीग बोस ७’ मा हेर्ने दर्शकको चाहना अधुरो हुने भएको छ
। आर्थिक कारण देखाउँदै पाण्डेले ‘बीग बोस’मा जान अस्विकार गरेकी हुन् ।
पूनमका अनुसार उनलाई ‘बीग बोस ७’का लागि २ करोडको अफर गरिएको थियो । तर आफ्नो व्यक्तिगत कुराहरु समेत सार्वजनिक गरेर दर्शकलाई मनोरञ्जन दिनका लागि २ करोड कम भएको उनको तर्क छ । पूनमले ‘बीग बोस ७’का निर्मातासँग ३ करोडको अफर गरेको बताइएको छ ।

यता स्वर्गीय नायिका जीया खानका प्रेमिको
रुपमा चिनिएका सुरज पंचोलीले भने ‘बीग बोस ७’मा आफ्नो स्थान सुरक्षित गरेका
छन् । पूनम पाण्डे ‘बीग बोस ७’मा सहभागी भएकोे भए यसको चर्चा अझ हुने थियो
। बलिउडका चर्चित नायक सलमान खानले संचालन गर्ने यो रियालिटी शो
सेम्टेम्बर १५ तारिख देखि सुरु हुँदैछ ।
|
|
Category: News

0 comments